जीतपुरसिमराको नगरसभामा तोडफोड गर्नेलाई कारवाहीको माग

रञ्जन यादव
रञ्जन यादव 116 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा तोडफोड गर्नेलाई कारवाहीको माग गरिएको छ ।

सचेत नागरिक समाजले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कारवाहीको माग गरिएको हो । ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरिएको छ ।

असार १० गते भएको दशौँ नगरसभाको तेस्रो बैठकमा राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी लिनुभएका जनप्रतिनिधिबाट प्रहरी प्रशासनको बाक्लो उपस्थितिमा भएको घटना खेदजनक र भत्सनायोग्य छ’,ज्ञापनपत्रमा भनिएको छ, ‘यस हर्कतलाई आम जनताले कुन रूपले लिने सोचनीय विषय छ, त्यसको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ ।’ज्ञापनपत्र बुझ्दै उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत काफ्लले नगरसभा व्यवस्थापनमा केही कमजोरी भएकोले त्यस्ता कमीकमजोरी दोहो¥याउन नदिन अगामी दिनमा ध्यान दिने बताएकी छिन् ।

उनले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा कानुनी पक्रिया बुझेर अगाडि बढ्ने बताइन् । ज्ञापनपत्र बुझाउँने कार्यक्रममा समाजसेवी संजय साह,शेखर भण्डारी,अम्रित बस्याल,कपुर राज पुरी,जीवन श्रेष्ठ,नारायण उप्रेती,सुजित शर्मा,बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न