पर्सा प्रहरीद्वारा ७ सय १२ बोरा युरिया मल बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 129 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले चोरी तस्करी गरेर भित्र्याइएको रु १० लाख मूल्य बराबरको सात सय १२ बोरा युरिया मल बरामद गरेको छ ।

तस्करले भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो ।

पर्सा जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापा मर्दा सो मल बरामद भएको बताउनुभयो ।

प्रहरीले मल भण्डारण कार्यमा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका वडा नं ९ का ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । बरामद मल भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

रासस

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न