लागू औषधसहित तीन युवक पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 110 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जबाट लागू औषध सहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ बाट लागू औषध सहित कास्कीको पोखरा महानगरपालिका–३ का अनुप थापा क्षेत्री,सरोज राना मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का कुशल मगरलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

भारतको रक्सौलबाट शंकास्पद रूपमा आउदै गरेका तीनैजनालाई जाँचको क्रममा प्रहरीले लागू औषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथ बाट प्रतिबन्धित लागुऔषध डाईजेपाम–४० एम्पुल,फेनारगन–४० एम्पुल,नुरफिन–४० एम्पुल बरामद भएको पर्साका प्रहरी प्रबक्ता दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको भारतीले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न