मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार प्रदेश सरकारमा १६ जनाको बन्यो मन्त्री मण्डल

साझेदारी दैनिक
साझेदारी दैनिक 171 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश प्रसाद सिंहले आईतवार फेरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री सिंहले एक मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका छन । उनले आफ्नै आफ्नो पार्टी जनमतबाट दुई जनालाई मन्त्रीमा नियुक्त गरेका हुन ।

त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गत शुक्रबार मात्र मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । अब मधेश प्रदेश सरकारमा ११ जना मन्त्री र चार राज्यमन्त्री भएका छन । योसंगै प्रदेश सरकारमा जम्मा गरी १६ जनाको मन्त्री मण्डल बनेको छ ।

सत्तारुढ दलहरुवीच सत्ता भागबन्डाका क्रममा प्रदेश सरकारका वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । नवनियुक्त मन्त्रीहरुलाई प्रदेस प्रमुख सुमित्रादेवी भण्डारीले आईतवार नै सपथ ग्रहण गराएकी छिन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न