मधेशको मुख्यमन्त्रीमा यादव आउट सिंह ईन नवनियुक्त मुख्यमन्त्री सिंहले लिए सपथ

साझेदारी दैनिक
साझेदारी दैनिक 80 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

केन्द्रीय सत्ता समिकरण फेरबदलको प्रभावल मधेश प्रदेशमा पनि परेको छन । सत्ता समिकरणका कारण फेरबलको प्रत्यक्ष प्रभावले मधेश प्रदेशको सरकार नै परिवर्तन भएको छ ।

मधेश सरकारको मुख्यमन्त्रीमा यादव आउट र सिंह इन भएका छन । जसपा नेपालकातर्फबाट मुख्यमत्री सरोज कुमार यादव हटेका छन भने उनको स्थानमा जनमत पार्टीका सतीस प्रसाद सिंह मुख्यमन्त्री बनेका छन ।

नेकपा एमाले,माओवादी,नेकपा एस लगायतका दलको सर्मथनमा उनी मुख्यमन्त्री बनेका हुन । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई शुक्रवार पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

त्यस्तै मुख्यमन्त्री सिंहसँगै सरकारमा सहभागि दलहरुका मन्त्रीहरुले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा भरतप्रसाद साह,उद्योग,वाणिज्य र पर्यटन मन्त्रीमा युवराज भट्टराई,भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव,भूमि व्यवस्था मन्त्रीमा गोविन्द बहादुर न्यौपाने, शिक्षा मन्त्रीमा राज कुमार लेखीले सपथ लिनुभएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रीमा शत्रुघन प्रसाद सिंह,ऊर्जामन्त्रीमा बेची लुङ्गेली,खेलकुद मन्त्रीमा प्रमोद कुमार जयसवालले लगायतकाले समेत सपथ लिनुभएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न