लागु औषधसहित दुई जना पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 144 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality

वीरगञ्ज लागु औषधसहित वीरगञ्जबाट पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन खैरनी नगरपालिका १३ बस्ने २९ वर्षीय रोशन बाह्रकोटी र खैरनी नगरपालिका ८ बस्ने ३२ वर्षीय सुशिल पौडेल रहेका छन ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट लागु औषध सहित दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नाईट्राभेट–२९६ पिस ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न