निर्माण व्यवसायीहरुलाई प्राविधिक जनशक्ति खटाउन निर्देशन

रञ्जन यादव
रञ्जन यादव 121 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीलाई सम्झौता अनुसारको प्राविधिक जनशक्ति खटाउन जीतपुरसिमरा उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

नगर क्षेत्रभित्रको विकास निर्माण कार्यका लागि ठेक्का सक्झौता गरेका निर्माण ब्यवसायीहरुलाइ उपमहानगरपालिकाको कार्यालयले सम्झौता तथा सर्त बमोजिम काम गर्न भनेको छ ।

प्राबिधिक जनशक्ति नराखि काम गर्दा सम्झौता बमोजिमको गुणस्तर तथा परिमाण नदेखिएको उसले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका भित्र हाल सञ्चालनमा रहेका ४ सय देखि ५ सय योजना नगरका सिमित १८ जना प्राबिधिकहरुले हेर्ने गरेका छन् ।

उनीहरुले ठेक्का सम्झौता पश्चात समेत आवश्यकता भन्दा बढि समय खर्चिने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । जसकारण कार्यालयको नयाँ योजनाहरु कार्यान्वयनमा समस्या आएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको निर्देशनमा उपमहानगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले आइतबार सूचना जारी गरेकी हुन् ।

ठेक्का सम्झौताका कार्यालय र निर्माण कम्पनीबीच भएको सम्झौता र सर्तअनुसार प्राविधिक जनशक्ति खटाउन उनले निर्देशन दिएका छन् । ठेक्का सम्झौताका क्रममा बोलपत्रमा उल्लेख गरिएको खण्ड १५.१ र २१.१ वमोजिम काम गर्न उपमहानगरपालिकाले निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराएको हो ।

प्राविधिक जनशक्ति नराखी काम गरेको पाइएमा सार्वजनिक खरिद ऐन २०६३,सार्वजनिक खरिद नियमावली २०६४ वमोजिम कारवाही हुने सूचनामा लेखिएको छ ।

कार्यालयले दररेट विश्लेषण समेतमा निर्माण ब्यवसायीले साईड ईन्जिनीयर ,साईट ईन्चार्ज र साईट ईन्जिनीयर राखेर काम गराउँन भनेको छ । ओभरहेड १५ प्रतिशत समावेश हुने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको यो निर्देशन निर्माण ब्यवसायीले पालना गर्ने हो भने यस क्षेत्रका प्राबिधिकहरुले रोजगार पाउँने बिश्वास लिएको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न