जीतपुरसिमरामा आई पिभि खोप अभियान सुरु हुँदै

रञ्जन यादव
रञ्जन यादव 127 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकामा राष्ट्रिय कार्यक्रम आईपिभि खोप अभियान पोलियो खोप जेठ २० गते अर्थात आज आईतबारदेखि सुरु हुने भएको छ ।

अभियानलाई सफल पार्न उपमहानगरपालिकाले सरोकारवालासँग एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा चल्ने ३ दिने अभियान अन्तर्गत करिब ६ हजार ६ सय जनामा आईपिभि खोप लगाउँने लक्ष्य राखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिएका छन ।

यही जेठ २० गते देखि २२ गते सम्म लगाइने खोपमा २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई आईपिभी खोप लगाउनको लागि सम्पुर्ण तयारी पुराभएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले बताए ।

त्यसबेला आईपिभि खोप अभाव भएका कारण उक्त अबधिमा लगाउन छुटेका बालबालीकाहरुलाई पोलियो लाग्ने जोखिम रहेको हुँदा ती बालबालिकालाई आईपिभि खोप दिईने जनाईएको छ ।

शाखा प्रमुख भाष्करले ओपिभी र आईपिभी खोपको प्रयोग, खोप लगाएपछि हुनसक्ने प्रतिकुल असर,पोलियो उन्मूलनको अवस्था लगायतका बिषयमा स्वास्थ्यकर्मी र पत्रकारहरुलाई जानकारी गराए ।

पोलियो रोग लागेपछि यसको कुनै निश्चित उपचार छैन त्यसैले यो रोग विरुधको खोप लगाउनु नै पोलियोको संक्रमणवाट बच्ने सवैभन्दा उत्तम उपाय भएको प्रमुख भाष्करले जानकारी दिनुभयो ।

पोलियो रोग विरुधको खोप दुई प्रकारका हुने गर्दछ । मुखवाट खुवाइने पोलियो खोप (ओ.पि. भी.) सुईबाट दिईÞने पोलियो खोप (आई.पि.भी.) रहेको अभिमुखिकरण कार्यक्रममा जानकारी गराईएको थियो ।

यो अभियान बिद्यालय,स्वास्थ्य चौँकी र बाहिर केन्द्र बनाएर चलाईने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

बारा जिल्लामा ३७ हजार ४ सय ७० जनालाई आई.पि.भि. खोप लगाउँने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

जसकोलागि ३९ हजार २ सय डोज खोप जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त भएको स्वास्थ्य कार्यालय बारा कलैयाका प्रमुख रामनरेश यादबले जानकारी दिए ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न