आगामी निर्वाचनमा मधेश एमालेमय हुने : एमाले अध्यक्ष ओली

साझेदारी दैनिक
साझेदारी दैनिक 311 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
oplus_0

नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा मधेश एमालेमय हुने ठोकुवा गरेका छन ।

बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको शुक्रवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन । उनले आगामी निर्वाचनमा एमालेमय बनाउन मिशन ८४ मा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन ।

उनले गरिबी हटाउन,देशलाई समृद्ध बनाउन,दुःख हटाएर सुखी बनाउनका लागि एमालेले काम गरिरहेको बताउदै समृद्ध नेपाली,सुखी नेपालीको गन्तव्यमा पुग्न एमाले अघि बढेको बताएका छन ।

हामीलाई कांग्रेसको जस्तो खुद्रा र मसिना कुरामा अल्झिने समय छैन भन्दै संसदमा अवरोध सृजना गरेर जनप्रतिनिधिहरुले जनताका निम्ती काम गर्न नपाएको अध्यक्ष ओलीले भनाई छ ।

हाउगुजी फिजाएर,झुठ बोलेर कांग्रेसले बेइमानी गरिरहेको ओलीले आरोप समेत लगाए । काँग्रेसले रबि लामिछाने सहकारी काण्ड छानबिन गर्न संसदीय समिति बनाउँनुभन्दा पनि सरकारमा पुग्न संसद अवरोध गरिरहेको उनको आरोप छ ।

सत्तारुढ दल भएर पनि प्रतिपक्षीसंग मिलेर प्रतिपक्षी सरह ब्यवहार गर्नु शोभनीय नभएको भन्दै अध्यक्ष ओलीले नेकपा एकिकृत समाजवादी पाटीलाई इंगित गर्न समेत भ्याएका छन ।

करिब तीन करोड ४१ लाखको लागतमा बनेको प्रसौनी गाउँपालिकाको प्रशासकीय भवनको अध्यक्ष ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जयसवारको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, बारा ४ का संघीय साँसद किसान श्रेष्ठ,बारा क्षेत्र नम्बर १ का संघीय सांसद अच्युत मैनाली,राजकुमार गुप्ता,प्रभु हजरा,नेपाल सरकारका पूर्वमन्त्री पुरुषोत्तम पौडेल,संविधान सभा सदस्य बलवीर चौधरी, जयप्रकाश यादव लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमितकुमार सिंहको स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन रबिन्द्र गिरीले गरेका थिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न