पहिलो पटक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा महिला

रञ्जन यादव
रञ्जन यादव 131 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पहिलो पटक बाराको एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी महिलाले सम्हालेकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत उप सचिव उर्मिला काफ्लेले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको जिम्मेवारी सम्हालेका हुन् ।
उनलाई नगर प्रमुख राजन पौडेलले खाँदा र टिका लगाई उपमहानगरपालिकामा स्वागत गरेका हुन् ।

नगर प्रमुख पौडेलले स्वागत कार्यक्रममा डायरी र कलम प्रमुख प्रशासकिय अधिकृत काफ्लेलाई हस्तान्तरण गरेका हुन् ।

जीतपुरसिमराको प्रशासनको नेतृत्व गर्न आएका प्रमुख प्रशासकीय अधिकृत काफ्ले पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुन् ।

यसभन्दा अगाडि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादले सम्हाल्दै आएका थिए । प्रमुख प्रशासकीय अधिकृत काफ्ले यसअघि स्थानीय विकास मन्त्रालयमा शाखा अधिकृत रहेकी थिईन् ।

त्यस अघि उनी प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा प्रशासन पुन : संरचना इकाईमा समेत कार्यरत थिइन् । उर्मिलाले योजना अधिकृतका रुपमा जिल्ला विकास समिति रसुवा,कार्यकारी अधिकृतको रुपमा दोलखाका जिरी नगरपालिकामा काम गरेकी छिन् ।

त्यसैगरि गण्डकी प्रदेश,पोखरामा उपसचिव,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा उपसचिव,जिल्ला समन्वय अधिकारीको रुपमा जिल्ला समन्वय समिति,सोलुखुम्वुमा समेत उनले काम गरिसकेकी हुन् ।

उपसचिव उर्मिला ग्रामीण विकासमा त्रिभुवन विश्वविद्यालबाट र सामुदायिक सुशासन र ग्रामीण विकासमा दक्षिण कोरियाबाट स्नाकोत्तर पुरा गरेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी बैशाख २० गतेको निर्णय अनुसार काफ्लेलाई जीतपुरसिमरामा कामकाज खटाएको हो ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न