पचास लाख बयानव्वे हजार पाँच सय चालीस बराबरकोे दुई ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 132 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । उसले ५० लाख ९२ हजार पाँच सय ४० रुपैयाँ बराबरको खुद्रा तथा कपडा सो ट्रकबाट बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित सडकखण्डबाट जाँचको क्रममा ना.६ ख ७९७२ नम्बरको ट्रकबाट २० लाख १५ हजार ६८५ बराबरको कपडा तथा खुद्रा सामान बरामद भएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका १४ गण्डक स्थित बाट ना.८ ख ८७१२ नम्बरको ट्रकबाट ३० लाख ७६ हजार ८८५ बराबरको खुद्रा तथा खाद्यान्न सामान पर्सा प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएको सामानहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न