मनि ट्रान्सफर संचालकको संलग्नतामा हुदै अवैध हुण्डी कारोबार

राम मण्डल
राम मण्डल 198 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पछिल्लो समय पर्सा बारामा अबैध हुण्डी कारोबारमा वृद्धि भएको छ । यस्तो कार्यमा पर्सा बारामा खुलेका मनि ट्रान्सफरको भूमिका रहेको खुलाशा भएकोे छ ।

एक महिना भित्र दुई वटा मनि ट्रान्सफरका सञ्चालक पक्राउ परेपछि यस्को पुष्टि भएको हो ।बितेको शुक्रबार नै स्रोत नखुलेको २२ लाख पाँच हजार सात सय रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज महानगरपालिका– ६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरका संचालकलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पर्सा विन्दवासिनी गाउँपालिका–३ बस्ने अजयकुमार साह र बारा कलैया उप–महानगरपालिका– २३ बस्ने अर्जुन राउत कुमीलाई स्रोत नुखलेको रकमसहित पक्राउ गरेर सार्बजनिक गरेको छ ।

जसले अबैध हुण्डी कारोबारमा मनि ट्रान्सफर र त्यसका सञ्चालकको भूमिका रहेको पुष्टि गर्छ । मनि ट्रान्सफरमा झोलामा बोकेको अवस्थामा कुर्मीको साथबाट उक्त रकम प्रहरीले बरामद गरेको थियो ।

रकमको स्रोत खुलाउन नसक्दा प्रहरीले कुर्मीसहित मनि ट्रान्सफरका संचालक साहलाई हिरासतमा लिएको छ । उनीहरु विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

गएको चैत २० गते बारा प्रहरीले स्रोत खुलाउन नसकेको १३ लाख ५० हजार रकमसहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको थियो ।

प्रहरीले आरके मनि ट्रान्सफरका सञ्चालक बारा महागढीमाई नगरपालिका–१ बस्ने रमेशप्रसाद कुशवाहा र पर्सा पोखरिया नगरपालिका–१ वनकटवा बस्ने हरिकिशोर प्रसाद पटेललाई पक्राउ गरी सार्बजनिक गरेको थियो ।

पक्राउ परेका पटेलले भारतबाट रकम लिएर मुसहर्वा नाका भएर नेपाल आउदै गर्दा जाँचको क्रममा स्रोत नखुलेको रकम सहित उनीहरु पक्राउ परेका थिए ।

अनुसन्धान गर्ने क्रममा पटेलले ल्याएको स्रोत नखुलेको रकम आरके मनि ट्रान्सफरमा लगेर बिभिन्न ब्यक्तिहरुको खातामा ट्रान्सफर गर्ने योजना रहेको भनि खुलेको तत्कालिन बाराका प्रहरी उपरिक्षक सुरेशकुमार काफलेले पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।

उक्त रकम भारतबाट नभई तेस्रो मुलुकबाट ल्याएर नेपालका बिभिन्न ब्यक्तिहरुलाई दिने गरिएको उनले बताएका थिए ।

बिदेशमा कार्यरत रहेका नेपाली श्रमिकहरुले पठाएको रकममा रेमिटयान्स स्वरुप राज्यलाई बुझाउनुपर्ने शुल्क तिर्न नपर्ने भएकाले पर्सा बारामा पछिल्लो समय हुण्डी कारोबार बढदै गएको देखिन्छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न