टन्टलापुर घाँमसँगै दिनभरी तातो हावा चल्न थालेपछि अहिले बारा र पर्सा लगायत तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ ।
सदरमुकाम कलैया लगायत आसपासका ठाउँको तापक्रम ४१ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अझ अस्तव्यस्त भएको छ ।
केही दिनदेखी बिहानैबाट शुरु हुने गर्मी र तातो हावाले गर्दा खास गरी दैनिक स्कुले बालबालिका,ज्यालादारी गर्ने मजदुर र खेती किसानी गर्नेहरुलाई सवैभन्दा बढि कठिनाई हुन थालेको छ ।
बिहानैदेखि टन्टलापुरको घाम र गर्मीका कारण ‘लु’ लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्या समेत उत्पन्न हुन थालेको कलैयाका बिजय दासले बताउछन ।
अत्याधिक गर्मीले गर्दा जिल्लामा रहेका सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ भने व्यापार व्यवसाय समेत प्रभावित बनेको व्यापारीहरुको भनाई छ ।
सधैँभरी सेवाग्राहीको अत्याधिक चाप रहने गरेको जिल्ला प्रशासन कार्यालय,मालपोत तथा भुमिसुधार जिल्ला अदालत तथा अन्य सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या ह्वातै घटेको छ ।
अति आवश्यक काम पर्ने बाहेकका प्राय मानिसहरु दिउँसो–दिउँसो घर बाहिर निस्कन छाडेका छन ।
यता अत्याधिक गर्मीका कारण पानीको मुहान पनि सक्न थालेको छ । पछिल्लो केही दिनदेखि बढेको प्रचण्ड गर्मीले बाराका पानीका धाराहरु पनि मुहान समेत सुक्न थालेका छ ।
जिल्लाको दक्षिणभेग सहित सदरमुकाम कलैया उपमहानगरपालिकामा पनि खानेपानीका लागी गाडिएका धाराहरु सुक्न थालेका छन । कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा धेरै पानीको धाराहरु सुकेको स्थानियहरुले बताएका छन ।
यसअघि पहिले–पहिले कहिले नसुक्ने पानी यसपटक सुकेपछि स्थानीयहरु चिन्तित भएका छन । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले आगामी पाँच दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने टाउको दुख्ने,खुट्टा बाउँडिने,चक्कर आउने,बेहोस हुने,मांसपेशीहरू दुख्ने,बान्ता आदि हुनसक्ने विभागले जनाएको छ ।
गर्मीको समयमा घरभित्र रहने,घाममा बढी नजाने,जानै परे हल्का लुगा लगाउने,सुती कपडा लगाउने,बाहिर निस्कँदा टाउको छोप्ने,टोपी लगाउने,नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस,सर्बत,आदि प्रशस्त मात्रामा पिउने जस्ता स्वास्थ्यमा समस्या देखिएको हो ।