सत्र लाख बहत्तरी हजार भन्दा बढीको तस्करीको सामान बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 153 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

१७ लाख ७२ हजार सात सय ३० रुपैयाँ बराबरको कपडा, मोबाईल पार्टस लगायतका सामानहरु पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सूचनाको आधारमा जाँच गर्नेक्रममा वीरगञ्ज–रजतजयन्ति चोकबाट कपडा,मोबाईल पार्टस लगायतका सामान बरामद गरेको हो ।

यस्तै प्रहरीले पर्साको ठोरी गाउँपालिका–२ स्थित सडकखण्डमा  ना.३ च १०८९ नम्बरको पिकअपबाट पाडा नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका पाँच वटा पाडा एउटा पाडी नियन्त्रणमा लिएको थियो ।

गाडी सहित पाडा पाडीहरू आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न