नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य,वैकल्पिक केन्द्रीय समितिका सदस्यहरुलाई मधेश प्रदेशमा जिम्मेवारी तोकिएको छ ।
मधेश प्रदेशका आँठवटै जिल्लामा जिल्ला इन्चार्ज तोकिएको छ ।माओवादी केन्द्रले बारा जिल्लाको ईन्चार्जको जिम्मेवारी क्षेत्रबहादुर श्रेष्ठ(अनिल),पर्साको जिम्मा विजय महतोलाई दिइएको छ ।
रौतहट जिल्लाको जिम्मेवारीमा सुरेन्द्र कुमार जैसवाल (अशोक), सर्लाही जिल्लाको जिम्मेवारी अच्युतमप्रसाद काफ्लेलाई पार्टीले जिम्मेवारी दिइएको छ ।
महोत्तरी जिल्लाको जिम्मेवारी राजु खड्कालाई इन्चार्ज तोकिएको छ ।माओवादी केन्द्रले गरेको परिपत्रमा जोग कुमार बरबरिया यादव धनुषा,अजय शंकर नायक सिरहा र सूर्यनाथ यादवलाई सप्तरी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रले जीतपुरसिमरा नगर कमिटीको ईन्चार्जको जिम्मेवारी बैकल्पिक केन्द्रिय सदस्य राजन पौडेललाई दिएको छ ।माओवादीले जारी गरेको परिपत्रमा मधेश प्रदेश सरकार,प्रदेश सभा र निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्षेत्र सोही अनुसार रहने जनाइएको छ ।
सरकार र सदनका कार्य तथा प्रतिनिधित्व गरेको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी केन्द्रले परिपत्रमार्फत आग्रह गरेको छ ।
नेकपा माओवादी केन्द्रले प्रदेश सम्मेलन सम्पन्न गर्नका लागि प्रदेश इन्चार्ज लिलामणि पोख्रेलको संयोजनमा मधेश प्रदेश सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ ।
प्रदेश सम्मेलन आयोजक समितिको सह इन्चार्जमा विश्वनाथ साह र कार्यालय सदस्यहरुमा प्रल्हाद कुमार बुढाथोकी,महेन्द्र पासवान र जोगकुरमा बरबरिया रहेका छन् ।
यही भदौं महिनाभित्र प्रदेश सम्मेलन सम्पन्न गरी प्रदेश समिति निर्माण गर्न माओवादी केन्द्रले समितिलाई निर्देशन समेत दिएको छ । साथै जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सञ्चालित बाँकी कार्यहरु अविलम्ब पूरा गर्न माओवादी केन्द्रले निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा पाँच महिनाभित्र अनिवार्यरुपमा प्रदेश सम्मेलन गर्न परिपत्र गरेको छ । मधेश प्रदेशमा पार्टीको काम व्यवस्थित बनाउँन आगामी भदौंभित्र प्रदेश सम्मेलन सम्पन्न गर्ने परिपत्र गरेको छ ।