बिद्यालयलाई काम गर्न नसक्ने प्रअहरुलाई पद छाड्न नगरप्रमुख पौडेल निर्देशन

रञ्जन यादव
रञ्जन यादव 109 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रधानध्यापकहरुको बैठकमा नगरप्रमुख राजन पौडेलले बिद्यालयलाई सही दिशा निर्देश गर्न नसकिरहेको प्रधानध्यापकहरुलाई प्रअको कुर्सि छोड्न अनुरोध गर्नुभएको छ ।

आधारभुत तह ( कक्षा ८ )को समिक्षा बैठकमा बिद्यालयका प्रधानध्यापकहरुलाई नगर प्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको शिक्षा निती तथा लक्ष्य अनुरुप दौड्न नसक्ने प्रअहरुलाई प्रअको कुर्सि छोडेर योग्यलाई दिनुपर्ने सल्लाह दिनुभएको छ ।

कक्षा ८ को परिक्षाको नतिजाले उपमहानगरपालिकाको शिक्षाको स्तर देखाएको नगरप्रमुख पौडेलले बताउँनुभयो । बर्षौदेखि कायम शिक्षाको स्तर उजागर भएको कारण चिन्ता लिनुपर्ने वा आलोचना गर्नुपर्ने अवस्था नरहेको बताउँनुभयो ।

उपमहानगरपालिकाले आवश्यक जनशक्ति र उपकरण पठाउँन तयार छ । बिद्यालयका प्रअहरुले शैक्षिक स्तर सुधार्ने जिम्मा लिनुपर्ने तर्क नगरप्रमुख पौडेलले आग्रह गर्नुभयो ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले बिद्यालयलाई शिक्षक जनशक्ति परिपुर्ति गर्ने दिशामा रहेकाले परिपुर्तिले हुनेबित्तिकै बिद्यालयको आवश्यक्ताको आधारमा पठाईने जानकारी दिनुभयो । शिक्षकहरुको क्षमता बृद्धिकोलागि समय समयमा तालिम प्रदान गर्ने उहाँले बताउँनुभयो ।

बैठकमा प्रअहरुले बिद्यालयमा बिषयगत शिक्षक नभएको,अभिभावक शिक्षातर्फ गम्भिर नभएको,बिद्यार्थी नियमित पढ्न नआउँने गरेको, शैक्षिक बाताबरण बिगार्ने काम बाह्य पक्षबाट भएको लगायतको कमीकमजोरीको बिषयमा जानकारी गराएका थिए ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न