बारा र पर्सामा बाघ आक्रमणका घटना बढ्यो,पर्सामा एकको लियो ज्यान,बारामा एकजना घाईते

साझेदारी दैनिक
साझेदारी दैनिक 212 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा र पर्साका जंगलहरुमा बाघको आक्रमणका घटनाहरु बढ्न थालेको छ । बारा र पर्साका बनक्षेत्रहरुमा मानिसहरुलाई बाघले आक्रमण गर्न थालेको घटनाहरु बढेको हो ।

बाघको आक्रमणबाट पर्सामा एकजनाको ज्यान गएको छ भने बारामा एक जना घाईते भएकी छिन ।

बाघको आक्रमणबाट पर्साको ठोरीमा एक महिलाको ज्यान लिएको छ । ठोरी गाउँपालिका ४ मा बाघको आक्रमणबाट मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घर नजिकै रहेका जँगलमा घाँस काटनको लागि गएकी महिलालाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको कुसुमबाटिका बन उपभोक्ता समूहका अध्यक्ष बुद्ध पाख्रीनले साझेदारी दैनिकलाई जानकारी दिए । प्रहरीले पोष्टमार्टमको लागि महिलाको शव नारायणी अस्पतालमा पठाएको छ ।

यसैगरी बाराको रतनपुरीमा पनि बाघको आक्रमणबाट एकजना महिला घाईते भएकी छिन । मंगलवार दिउसो जंगलमा बाख्रा चराउन गएकी स्थानीय दिलमाया पुलामी मगरलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाईते भएकी पुलामी मगरलाई निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

बारा र पर्साका गाउँवस्तीसंग जोडिएको पर्सा राष्ट्रि«य निकुञ्जका कारण बाघ आतंक बढेको स्थानीयहरुको आरोप छ । स्थानीय बनजंगलमा पशु चौपायदेखी मानिसहरुलाई समेत बाघले आक्रमण गर्न थालेपछि बन क्षेत्रसंग जोडिएका बस्तीका मानिसहरु त्रसित भएका छन । घाँस दाउरादेखी गाईबस्तु चराउन जाने मनिसहरु सवैभन्दा बढि आतंकित बनेका छन ।

गएको पुस महिनामा पनि पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ का एक युवकलाई बाघले आक्रमण गरी ज्यान लिएको थियो । यस्तै बाराको कोल्हवी, सिमरा लगायतका क्षेत्रहरुमा पनि पटक पटक बाघ आक्रमणका घटनाहरु भईरहेका छन ।

पछिल्लो समय बारा र पर्साको जँगलसित सीमाना जोडिएका बस्तीहरुमा बाघले निरन्तर आतंक मच्चाउदै आएको घटनालाई कम गर्न निकुञ्ज लगायतका सरोकारवाला निकायहरुले ध्यान नदिएको स्थानीयहरुको आरोप छ ।

साझेदारी दैनिक

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न