विनिता चौधरी/
सुर्तीजन्य तथा लागू औषध सेवन न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा पैरवी कार्यक्रम बाराको कोल्हबीमा सम्पन्न भएको छ ।
बजारमा रहेको शुबिहानी होटेलमा आईतबार एक कार्यक्रम बिच सम्पन्न भएको छ । जिल्ला स्वास्थ कार्यालय कलैया बाराको आयोजना आयोजित कार्यक्रम कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा नगरप्रमुख रामप्रसाद चौधरीले सामुहिक प्रयास र स्कुल लेभलवाट प्रयास गरेर लागू औषध न्यूनीकरण र बालबालिकाहरुलाई कुलतमा फस्नवाट बचाउन सकिने बताउनुभयो ।
यैगरी कार्यक्रममा प्रशिक्षक रबि भाष्करले कार्यक्रम मार्फत बिश्वमा बर्सेनि ८० लाख र नेपालमा बर्सेनि २७ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण हुने गरेको जानकारी गराउनु भएको थियो ।
धूम्रपान गर्ने ब्यतिहरुको कारणले गर्दा धूम्रपान नगर्ने ब्यतिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कसरी प्रभाव पारिरहेको हुन्छ त्यसको बारेमा बिस्तृत जानकारी गराउनु हुँदै सुर्तीजन्य पदार्थको बिक्री वितरणको एरिया र दुव्र्यसनका लक्षणको बारेमा समेत प्रशिक्षण गराउनु भएको थियो।
कार्यक्रमको कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारी ,सशस्त्र प्रहरी बल कोल्हवीका प्रमुख कृष्ण बिक्रम बानिया, अतिथिहरुमा कोल्हबी नपा पशु शाखाका प्रमुख शम्भु चौधरी,कृषि शाखा प्रमुख जयबीर चौधरी, कोल्हबी प्राथमिक केन्द्रका प्रमुख नन्देश्वर चौधरी लगाएत यस कोल्हबी नपा भरिका १४ वटा स्वस्थ केन्द्रका प्रमुखहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा स्वागत मन्तव्य भागरित चौधरीले गर्नु भएको थियो भने सहजीकरण कोल्हबी नपा स्वास्थ शाखा प्रमुख मनोज चौधरीले गर्नु भएको नगरपालिकाले जनाएको छ ।