हुण्डी कारोबारमा सलंग्न रहेको आरोपमा एक महिलासहित चार जना परे पक्राउ

राम मण्डल
राम मण्डल 193 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट एक महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।हुण्डी कारोबारको आरोपमा प्रहरीले  वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बस्ने कुनालकुमार जैसवाल,वडा नं २२ बस्ने वीरेन्द्रसाह तेली,रेखा कुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ बस्ने मितु कुमार कुर्मीलाई पक्राउ गरेको हो ।

वीरगञ्ज–१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट बिभिन्न बैंकका चेक र नगदसहित उनीहरु चारैजनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट चार लाख तीन हजार नगद, बिभिन्न बैंकहरूको चेकबुक १३ थान,बैंकहरूको काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान–एटीएम कार्ड ३ थान र मोबाईल सात थान बरामद भएको पर्साका प्रहरी प्रबक्त डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका सबै जना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अदालतबाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गराई अनुसन्धान भईरहेको उनलृ जनाए ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न