बेहुलासहित पाँच जना माथि प्रहरीले थाल्यो कारवाही

राम मण्डल
राम मण्डल 841 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पर्सामा सुनको सिक्री नपाउदा बिहे गर्न नमानेका बेहुलासहित पाँच जना माथि कारवाही अघि बढेको छ ।

थप दाईजो स्वरुप सुनको सिक्री नदिदा बिबाह मण्डपबाट बिहे नगरि फर्केका बाराको कलैया उपमहानगरपालिका ४ बस्ने बेहुला उमेश साह गोढसहित पाँच जनामाथि पर्सा प्रहरले कारवाही अघि बढाएको हो ।

प्रहरीले बेहुला गोढसहित उनका बुवा बच्चालाल साह गोढ दाईहरु राकेश कुमार साह,मुकेश कुमार साह र बारा परवानीपुर गाउँपालिका–५ बस्ने बेहुलाका भिनाजु रामएकवाल साह माथि कारवाही अघि बढाएको छ ।

उनीहरु पाँचै जनामाथि विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही अघि बढाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

गोढको विवाहको लागि जन्ती आएकोमा सामाजिक परम्परा अनुसार विवाह भैरहेको अवस्थामा २९ गते रातीको दुई बजेको समयमा बेहुला पक्षबाट दाईजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला उनका आफन्तहरूले वेहुली पक्षकाहरूसंग वाद–विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेका थिए ।

सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले विवाह रद्ध गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरेको थियो ।

दाईजोको लागि बिबाह रद्ध गरेको आरोपमा अहिले बिहे गर्ने बेहुला प्रहरीको हिरासतमा रात बिताउन बाध्य छन ।

बेहुलीले भने गोढसित बिहे नगर्ने बताएकी छिन । बेहुला गोढ वीरगञ्ज महानगरको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा करारमा कार्यरत कर्मचारी हुन ।

यता बेहुलापक्षले भने आफुहरुले सुनको सिक्री माग नगरे र आफुहरुलाई षडयन्त्रपुर्ण फसाउने प्रयास गरिएको आरोप लगाएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न