रामनगरमा ओमकारेश्वर शिव मन्दिरको शिलन्यास

सन्तोष पाण्डे
सन्तोष पाण्डे 186 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा आज एक कार्यक्रमवीच ओमकारेश्वर शिव मन्दिर निर्माणका निमित्त शिलन्यास गरिएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा पारेर निर्माण शुरु गरिएको उक्त शिवालयको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउप्रमुख भोला प्रसाद अधिकारीले हिन्दु वैद्धिक विधिबाट शिलन्यास गर्नुभएको छ ।

सो अवसरमा बोल्दै उपप्रमुख अधिकारीले धर्म संस्कृतिको जर्गेना गर्नुहामी सवैको दायित्व भएको बताउनुभयो ।

उहाले मन्दिर निर्माणका निमित्त आफ्नोतर्फबाट सक्दो भुमिका निर्वाह गर्दै निर्माण कार्यलाई उपमहानगरले अपनत्व ग्रहण गर्दै आर्थिक सहयोग गर्ने उपप्रमुख अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्दिर निर्माण समितिका अध्यक्ष एवम् स्थानीय समाजसेवी लालप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त शिलन्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिमबहादुर गंतान, स्थानीय समाजसेवी अशोक लामा,चुडाहरी अधिकारी,आत्मादेव भट्टराई,सन्तोष पाण्डे,कल्याण सुवेदी लगायत स्थानीयहरुको सहभागिता रहको थियो ।

स्थानीयहरुको सकृयताको निर्माण शुरु गरिएको उक्त मन्दिर निर्माणको लागि करिब २५ लाख अनुमान गरिएको निर्माण समितिका सचिव गोविन्द अधिकारीले जानकारी दिए । निर्माणका विभिन्न दाताहरुको सहयोग हुने क्रम शुरु भएको र स्थानीय निकायहरुसंग सहकार्य गरेर मन्दिर निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको समितिका अध्यक्ष घिमिरेले बताए ।

रामनगरमा शिवालय नहुदा महाशिवरात्रि,हरितालिका तीज लगायतका पर्वहरुमा पुजाआजा गर्न अन्यत्र गाउँहरुमा जानुपर्ने बाध्यता थियो तर अब गाउँमै मन्दिर निर्माण भएपछि विभिन्न पर्वहरुमा पुजाआजा गर्न सहज हुने समितिका वडाअध्यक्ष गंतानको घनाई छ ।

आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न