वडा अध्यक्ष गुप्ताको अगाडी मेयर पौडेल निरीह

रञ्जन यादव
रञ्जन यादव 133 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकामा शक्तिशाली वडा अध्यक्ष देखिएका छन् । वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताको अगाडि नगर प्रमुख (मेयर ) राजन पौडेल निरीह बनेका हुन् ।

उपमहानगरपालिकाले सार्बजनिक जग्गामा जीतपुर स्थित हुलाक कार्यालय अगाडि नियमबिपरित बन्दै गरेको सटरहरु रोक्न आदेश दिएको छ । यसलाई वडा अध्यक्ष सुनिल गुप्ता त्यसलाई टेरेका छैनन् ।

उपमहानगरपालिकाले फागुन १४ गते वडा नं.७ को कार्यालय जीतपुरलाई अनाधिकृत निर्माणधिन संरचना रोक्न पत्र मार्फत आदेश दिएको थियो । निर्माण कार्य अहिले सम्म त्यो रोकिएको छैन् ।

वडा अध्यक्ष गुप्ताले आपूmले नगरपालिकाको कुनै पत्र प्राप्त नगरेको जिकिर गरेका छन् । धर्मशाला तथा बिवाह मण्डपको डि.पि.आर.मा ब्यवसायिक सटर बनाउँनुपर्ने रहेकोले सो निर्माण गर्न गठन भएको निर्माण समितिले सटर बनाईरहेको उनले बताए ।

उपमहानगरपालिकासँग बिवाह मण्डप तथा धर्मशाला निर्माण सम्बन्धमा कुनै किसिमको सम्झौता तथा कार्य आदेश नदिएपनि कहाँबाट पैसा आएर संरचना बनिरहेको प्रश्नमा वडा अध्यक्ष गुप्ताले निर्माण समितिका अध्यक्ष मनिष दाहालसँग यो प्रश्न सोध्नुस भन्नेर पन्छिए ।

उनले कसैबाट सटर निर्माणकोलागि पैसा नउठाएको समेत बताए । यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले हुलाक कार्यालय अगाडिको जग्गामा धर्मशाला तथा बिवाह मण्डप बनाउँन कसैलाई कार्य आदेश नदिएको जनाए ।

उनले यो निर्माण गर्न समिति रहेको बिषयमा आपूmलाई कुनै जानकारी नभएको बताए । नगर स्तरीय बजेटको निर्माण समिति तथा उपभोक्ता समिति बनाउँदा नगर प्रमुख तथा उप प्रमुखको अध्यक्षतामा गठन गर्नुपर्ने भएपनि त्यस्तो नगरिएको जानकारी उनले दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाख भन्दा माथिका योजनाहरु ई बिडिङ्गको माध्यमबाट गर्नुपर्ने नियम नगर सभाबाट पास भएकाले समिति बनाएर यस्तो कार्य गर्न नमिल्ने बताए ।

आफुहरुले निर्माण कार्य रोक्न निर्देशन दिँदा पनि निर्माण कार्य रोकिएन् भने निर्माण भएको भौतिक संरचना उपमहानगरपालिकाले डोजर लगाएर भत्काउँने जानकारी दिए ।

नगर प्रमुख पौडेलले बिना सम्झौता ,बिना कार्यादेश नियमबिपरित कुनै पनि संस्थाले आफनो कार्य अगाडि बढाउँदैन् ।त्यसैले त्यस्तो कार्य वडा कार्यालयले होईन् ब्यक्तिले गरेको हुन सक्ने तर्क गरे ।

यता जीतपुरसिमरा नगर स्तरीय बिभिन्न पार्टीका प्रतिनिधिहरुले अबैध रुपमा निर्माण भईरहेको भौतिक संरचनाहरु रोक्न नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले यथाशिघ्र निर्माण कार्य रोक्न उपमहानगरपालिकासँग माँग गरेका छन् ।

ज्ञापन पत्र बुझाउँने कार्यक्रममा नगर प्रमुखका प्रत्यासी संजय कुमार साह ,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल ,पुर्ब वडा अध्यक्ष सरोज पटेल,वडा अध्यक्षका प्रत्यासी तथा लोसपाका राजुराज गिरी ,नेपाली काग्रेसका शेखर भण्डारी ,एकीकृत समाजवादीका नगर सचिव कपुर राज पुरी , प्रदेश सभा सदस्यका प्रत्यासी सन्तोष कुशवाहा रहेका छन् ।

समाजसेवी तथा नगर उद्योग बाणिज्य संघका कोषाध्यक्ष रामबाबु कलवार, पुर्ब वडा सदस्य शक्ति गुप्ता लगायतकाको सहभागितामा ज्ञापनपत्र बुझाइएको हो ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न