प्रणामी मन्दिर सिमरामा बुधवारदेखी श्रीकृष्ण कथा शुरु

सन्तोष पाण्डे
सन्तोष पाण्डे 165 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर औराहा सिमरामा बुधवारदेखी श्रीमत्तारतम सागर तथा संगीतमय श्रीकृष्ण कथा शुरु भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर सिमराको ४३ औँ वार्षिकउत्सवको अवसरमा साप्ताहिक कार्यक्रम सहित श्रीमद त्तारतम सागर तथा संगीतमय श्रीकृष्ण कथाको शुरु भएको हो । कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष भोजबहादुर खत्रीले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।

शुरुमहायज्ञको उद्घाटन तथा कलश यात्रा कार्यक्रममा सहभागी श्रीमद त्तारतम सागर तथा संगीतमय श्रीकृष्ण कथाको आयोजन गरिएको छ ।

फागुन ९ गते देखि फागुन १५ गते एक सातासम्म चल्ने उक्त श्रीमद त्तारतम सागर तथा संगीतमय श्रीकृष्ण कथा कार्यक्रममा धर्मप्रचारीका एवम विदुषी उषा घिमिरे तथा साहित्याचार्य जनार्दश शास्त्रीबाट कथा, प्रवचन गर्नु हुने आयोजक मन्दिर समितिले जनाएको छ ।

यसैवीच कार्यक्रमको पुर्वसंध्यामा बुधवार विहान कलश शोभा यात्रा समेत निकालिएको थियो । साप्ताहिक कार्यक्रम अन्तरगत दैनिक तथा रात्रीकालिन कथा प्रवचन,संगितमय भजन किर्तन,ज्ञानमञ्च जस्ता कार्यक्रमहरु संचालन गरिने जनाईएको छ ।

यसैविच उद्घाटन कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषदका केन्द्रीय सदस्य दिपक सापकोटा,युवा परिषद बाराका अध्यक्ष सुमन सुवेदी, प्रणामी व्यावसायी संघका केन्द्रीय अध्यक्ष विष्णु वाग्ले लगाएको समेत विशेष सहभागिता रहेको थियो ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न