बाराका दलहरुको सामाजिक सद्भाव कायम राख्न अपिल

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 195 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारामा विभिन्न क्रियाशिल राजनीतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जातीय,धार्मिक,क्षेत्रीय,साम्प्रदायलाई एक अर्काबीच सद्भाव कायम राख्न अपिल गरेका छ ।

जिल्लाका १२ वटा राजनीतिक दलहरुले मंगलवार सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा तराईका जिल्लाहरुमा सामाजिक सदभाव एवं धार्मिक,सहिष्णुता माथि खलल पुग्ने गरी भएका गतिविधिहरु प्रति गम्भीर ध्यानाकार्पण भएको जनाएका छन् ।

दलहरुले जिल्लामा कुनै पनि प्रकारले सामाजिक एवं धार्मिक सदभाव विथोल्ने गतिविधि तथा क्रियाकलाप नगर्नु हुन, नगराउनु हुन अनुरोध गरेको छ ।

“हामी सबै धर्म,संस्कृति प्रति समान सदभाव राख्दछौ । बारा जिल्लामा क्रियाशिल सम्पूर्ण राजनीतिक दल,नागरिक समाज,धार्मिक संघ संस्था तथा सम्पूर्ण बारा बासी आम नागरिकहरुमा कुनै पनि प्रकारले सामाजिक एवं धार्मिक सदभाव विथोल्ने गतिविधि तथा क्रियाकलाप नगर्नु हुन,नगराउनु हुन हार्दिक अनुरोध गरिएको छ ।

त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु कानूनी दायरामा पर्ने भएकोले त्यस्ता व्यक्तिहरुको सूचना सुरक्षा निकायलाई जानकारी गराउनु हुन र उक्त विषयमा सजग रहनु हुन हार्दिक अनुरोध गर्दछौं । ” प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दलहरुले विज्ञप्ति जारी गर्दै सामाजिक एवं धार्मिक सदभाव विथोल्ने गतिविधि तथा क्रियाकलाप सामाजिक संञ्चालमा पोष्ट गर्ने, सेयर गर्ने, व्यक्तिहरुलाई उकास्ने जस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानुन वमोजिम कारवाही गर्न सम्बन्धित निकाय संग अनुरोध समेत गरेका छन ।

संदिप प्रसाद यादव

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न