बाराको करैयामाइ गाउँपालिका वडा नम्बर १ मधुवनमा आज निशुल्क आँखा परिक्षण शिबिर सम्पन्न भएको छ ।
शिबिरको उद्घाटन करैयामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साहले गर्नु भएको थियो ।
कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाको स्थानीय आयोजनामा हेटौंडा सामुदायिक आँखा अस्पताल तथा रोटरी क्लब मकवानपुरको सहकार्यमा उक्त आँखा शिबिर सम्पन्न भएको हो ।
शिबिरमा यो क्षेत्रका दुई सय ६१ जनाले निशुल्क आँखा परिक्षण गराएका छन । परिक्षण गराएका मध्ये मध्ये ४८ जनामा मोतिबिन्दुको समस्या देखा परेको सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिएका छन ।
मोतियाबिन्दु विरामीहरुलाई बुधवार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क अपरेशन गरीने विरामीहरुको अपरेशन गर्न जाने सवै विरामीहरुको यातायात खर्च तथा खाना नास्ता निशुल्क हुने हेटौडा आँखा अस्पतालले जनाएको छ ।
उक्त शिबिरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका नेत्र रोग बिशेषज्ञबाट आँखा परिक्षण गरिएको थियो भने अन्य सहयोग रोटरी क्लब मकवानपुर र तामागढी सहकारीका कर्मचारीहरुे गरेका थिए ।
सहकारी संस्थाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा केन्द्र अन्तर्गतका सदस्य एवम आम सर्बसाधारण जनसमुदायको स्वास्थ्यको अवस्थाको मध्यनजर गर्दै शिविरको आयोजना गरेको संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटीले बताएका छन ।
संस्थाको नयाँबस्ती सेवाकेन्द्र अन्तरगका करैयामाई १ मधुवनको वडा कार्यलय भवनमा उक्त आँखा परिक्षण शिबिर संचालन गरेको संस्थाले जनाएको छ ।