कोल्हवीमा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सम्पन्न,१६ गोल्ड मेडल सहित अनुप दीपनी माबि प्रथम

साझेदारी दैनिक
साझेदारी दैनिक 238 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

धीरेन्द्र पनुहर/

कोल्हबी नगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न भएको छ ।

स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद नाराको साथ कोल्हवी नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको सबै खेलको अन्तिम नजिता आएसंगै समापन भएको हो ।

प्रतियोगितामा १६ गोल्ड मेडल सहित अनुप दीपनी माबि कोल्हवी प्रथम भएको छ । यसैगररु ८ गोल्ड मेडल सहित नेरामाबि सपही दोस्रो भएको छ भने मणि माबि थस्कौल ६ गोल्ड मेडल सहित तेस्रो भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्रथम हुने बिद्यालयले नगद रु पचीस हजार शिल्ड मेडल प्रमाणपत्र, दोस्रो हुने बिद्यालयले नगद रु पन्ध्र हजार शिल्ड मेडल प्रमाणपत्र र तेस्रो हुने बिद्यालयले नगद रु दस हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बिजेता बिद्यालयहरुलाई कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी सहित उपप्रमुख लक्ष्मि कुमारी चौधरी लगायतकाले नगद सहित प्रमाणपत्र र ट्रफी वितरण गनुभएको थियो ।

नेरा माबि कोल्हबी ४ सपहिका बिधालय व्यास्थापन समितिको अध्यक्ष गोपाल सिवाकोटीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख मिस्रीलाल साह , कोल्हबी ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,अनुप दीपनी माबिका प्रअ रामप्रकाश चौधरी लगायतकाले सम्बोधन गरेका थिए

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न