कोल्हवीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

साझेदारी दैनिक
साझेदारी दैनिक 268 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

धीरेन्द्र पनुहर/

बाराको कोल्हवी नगरपालिकामा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । कोल्हबी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना प्रतियोगित शुरु भएको हो ।

नेरामावि कोल्हबी ४ सपहिको प्राङ्गणमा आयोजित प्रतियोगिताको कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले उद्घाटन गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगरप्रमुख रामप्रसाद चौधरीले बिद्यार्थी भाइबहिनीहरुलाई खेलकुदको माध्यमले कोल्हवीलाई चिनाउन आग्रह गरे । सो अवसरमा उनले बाल बिवाह बहिष्कार गर,लागु औषध बहिष्कार गर जस्ता नारा लगाउनु भएको थियो ।

आयोजित उदघाटन कार्यक्रममा उपप्रमुख लक्ष्मी कुमारी चौधरी , निमित प्रमुख मनोज चौधरी, शिक्षा शाखा प्रमुख मिस्रीलाल साह,वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी,३ का अध्यक्ष किशुनदयाल चौधरी,६ का अध्यक्ष दिनेश चौधरी,८ का अध्यक्ष अनुप सुवेदी,नेरामाबि सपहिका प्रअ भुनेश्वर चौधरी,अनुप दिपनी माबि कोल्हवीका प्रअ रामप्रकाश चौधरी,जनता माबि ककडी प्रसौनाका प्रअ चन्द्रदेव कुशवाहा,नेरामाबि जुअवाका प्रअ नरेन्द्र चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारी,सशस्त्र प्रहरी बल कोल्हवीका प्रमुख उमेश पौडेल, स्थानीय पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा कोल्हवी नगरपालिका भित्रका ७ वटा माध्यमिक बिद्यालयहरुले सहभागिता जनाएका छन । प्रतियोगिता अन्तर्गत भलिवल,कबड़ी,यथलेटिक्स दौडः एक सय मीटर,दुई सय मीटर चार सय मीटर आठ सय मीटर,पंध्र सय मीटर,रिले अन्तर्गत एक सय र चार सय मीटर,हाई जम्प,लंग जम्प,ट्रिपल जम्प, सटफुट,मार्सल आर्ट,तेकाण्ड़ो लगायतको खेल खेलाइने छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न