तीन बर्षदेखि पुल निर्माण अल्पत्र पर्दा महम्मद टोलका स्थानीय पिडामा

रञ्जन यादव
रञ्जन यादव 197 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

तीन बर्षदेखि पुल निर्माण अल्पत्र पर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ महम्मद टोल (फिल्ड टोल) का स्थानीय मर्कामा परेका छन् ।

उपभोक्ता समितिबाट निर्माण हुँदै आएको पुल तत्कालिन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख सरस्वतीदेबी चौधरी र तत्कालिन वडा अध्यक्ष मोहित चौधरीको बिवादको कारण पुल अल्पत्र परेको हो ।

पुल निर्माण गर्न करिब ३० लाख रुपैया नगर स्तरीय बटेजबाट छुटाए पनि समयै काम हुन सक्दा करिब १२ लाख रुपैया सम्म मात्र खर्च हुन सकेको थियो । पुल निर्माण नहुँदा महम्मदपुरको १ स ५० घरधुरी मर्कामा परेका छन् ।

उक्त टोलको मुख्य आवतजावत गर्ने मार्गमा पुल नहुँदा स्थानीय खोलामा होम पाईप राखेर आवत जावत गरिरहेका छन् । टोलमा कहिलेकाहीँ आपतबिपत पर्दा एम्बुलेन्स ल्याउँन सक्ने बाताबरण नभएको स्थानीय बताउँछन् ।

आफनो गर्भवती दिदीलाई हस्पिटल पु¥याउनको लागि एम्बुलेन्स बोलाउँदा एम्बुलेन्स आउँन कठिनाई भई मोटरसाईकलले नै अस्पताल पुर्‍याएको स्थानीय फरियाद हुसेनले दुखेसो गरे ।

त्यस्तै स्थानीय ७०बर्षिय सकिना खातुनले पुल नहुँदा खोला तरेर गाउँमा आउँने क्रममा एक जना मानिस तार चुडियर खोलामा खस्दा करेन्ट लागेर मृत्यु भएको सम्झीईन् ।

अर्का स्थानीय महिला आईसा खातुनले पुल नबन्दा बर्षायाममा आवतजावत गर्न समस्या,स्कुले बालबालिकाहरु बिद्यालय जान नसक्ने लगायतको समस्या रहेको अवगत गराईन् ।

यता स्थानीयको गुनासो सुनेपछि नगरप्रमुख राजन पौडेलले उक्त क्षेत्रको अनुगमन गर्नुभएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी,वडा सदस्य ईन्दल पासवान सहित पुग्नु भएको नगर प्रमुख पौडेलले उक्त क्षेत्रमा चाडै नै पुल निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न