जीतपुरसिमरा–१७ रामनगरमा शुरु भयो बृहत सांस्कृतिक कार्यक्रम

सन्तोष पाण्डे
सन्तोष पाण्डे 195 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर –१७ रामनगरमा शुक्रवारदेखी दुई दिने बृहत सांस्कृतिक कार्यक्रम २०८० शुरु भएको छ ।

मन्जुश्री संवद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’(गडुल) को अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर उपप्रमुख अधिकारीले अवसरमा बोल्दै नेपाल बहुधार्मिक र बहुसांस्कृतिको धरोहर रहेकाले यस्ताखाले कार्यक्रमकले धार्मिक एवम् संस्कृतिलाई संरक्षण गर्न मदत पुग्ने बताउनुभयो ।

लोपोन्मुख हुर्दै गएका संस्कृति र परम्परालाई जर्गेना गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सांस्कृतिक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उपप्रमुख अधिकारीको भनाई छ ।

नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति बाराका अध्यक्ष सुर्य घलानको अध्यक्षतामा उक्त उद्घाटन कार्यक्रममा घेदुङ संघका संघीय सदस्य लक्ष्मी लामा, नेपाल तामाङ घेदुङ संघ निजगढका पूर्व अध्यक्ष शिद्धार्थ लोप्चन, लामा गुरु कान्छामान वाईवा लगायतले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चयन गुरुङ,जीतपुरसिमरा–१७ का पूर्व अध्यक्ष नबराज खड्का,कोल्हवी ८ का पूर्व वडा अध्यक्ष सार्थक पौडेल,करैयामाई गाउँपालिकाका कार्यपालिका सदस्य दिपक पासवान मिडिता पार्टनर एवम् साझेदारी राष्ट्रिय दैनिकका सहसम्पादक सन्तोष पाण्डे लगायतको विशेष उपस्थिति रहेको थियो।

रामनगरस्थित खेल मैदानमा संचालित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १७ का वडा अध्यक्ष भिमबहादुर गंङतान लामाले स्वागत राख्नुभएको थियो भने तिर्थ तामाङ र उषा स्याङतानले कार्यक्रमको सञ्चालन गरेका थिए ।

नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति बाराको आयोजनामा संचालित उक्त वृहद सांकृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रमको विशेष सहयोग जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय,स्थानीय सहकार्य सम्तेन लिङ बौद्ध गुम्बा,रामनगर युथ क्लब र मिडिया पार्टनर साझेदारी राष्ट्रिय दैनिक रहेकाछन ।

तामाङ समुदायका कला,संस्कृति बारेमा जागरण ल्याउन आयोजना गरिएको उक्त वृहद सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांगीतिक प्रस्तुती दिईरहेको नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति बाराका सचिव हिरा दोङ्गले बताएका छन ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न