कोल्हवीका एक सय परिवारलाई जाडो छल्न कम्बल बितरण

साझेदारी दैनिक
साझेदारी दैनिक 155 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

धिरेन्द्र पनुहर/

बाराको कोल्हवीमा जाड़ोबाट बच्नको लागी गरिब तथा अतिविपन्न परिवारलाई राहत स्वरुप कम्बल वितरण गरिएको छ ।

मधेस प्रदेश सरकार गृह तथा संचार मन्त्रालयको सहयोग तथा जिल्ला प्रसाशन कार्यालय बाराको सहजीकरणमा विहीवार कोल्हवी स्थित उद्योग बाणिज्य संघको सभा हलमा एक कार्यक्रमवीच उक्त कम्बल वितरण गरिएको हो ।

सो अवसरमा कोल्हवी नगरपालिका अन्तरगतका वडा नम्बर १ देखी ११ नम्बर वडाका एक सय जना अति बिपन्न,दलित, असहाय परिवारलाई कम्बल बितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य विशेष उपस्थितिमा आयोजित उक्त कम्बल वितरण कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बासुदेव खतिवड़ा,
कोल्हवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी,३ का अध्यक्ष किशुनदयाल चौधरी,४ का बिष्णु मैनाली,६ का दिनेश चौधरी,९ का दलबहादुर चौधरी, कार्यपालिका सदस्य राजकुमार दास,बिपद व्यवस्थापन समिति कोल्हवीका संयोजक लोकनाथ ओली,इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान अधिकारी,सशस्त्र प्रहरी बल कोल्हवीका प्रमुख उमेश पौडयाल स्थानीय पत्रकारहरुको उपस्तिथि रहेको थियो

केही सातादेखी तराई सहित बारामा शीतलहरसंगै अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर बन्दै गएको छ । अत्याधिक चिसो बढीरहेकै बेला कम्बल प्राप्त गरे पछि दलित,गरिब असहायहरुले खूशी ब्यतक्त गरेका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न