नेशनल मेडिकल कलेजको लापरबाहीले गर्दा एमविविएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 1.1k पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पर्साको वीरगञ्जमा मोटरसाईकल दुर्घटनामा परि शनिवार राति दुई एमविविएस अध्ययनरत विद्यार्थीहरुको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका – १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २–०३–०२१–प–५४३२ नम्बरको यमहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुँदा सवार दुवै युवकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक दुवै युवक वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल (एमविविएस) मा अध्ययनरत विद्यार्थी हुन ।

मृत्यु हुनेमा नेशनल मेडिकल कलेजमा अध्ययनरत बाराको सुवर्ण गाउँपालिका – ४ हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला नगरपालिका – ५ घर भएका २३ वर्षीय सुमित यादव रहेको छन् ।

नेशनल मेडिकल कलेज वीरगञ्जमा धनुषाका सुमित यादव एमबिबिएस दोस्रो वर्षमा र बाराका सन्दीप यादव बीडीएस दोस्रो वर्षका अध्ययनरत थिए ।

यी दुई विद्यार्थीहरुको नेशनल मेडिकल कलेजको लापरबाहीले गर्दा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको हो । दुबै युवक नेशनल मेडिकल कलेजको होस्टेलमा बसेर पढ्दै आएका थिए ।

यी दुबै युवक शनिबार रातीको बेला होस्टेलबाट बाहिर निस्किएका थिए । उनीहरुलाई होस्टलबाट बाहिर जाने आदेश कसले र किन दिएको हो भन्ने विषयले अहिले नेशनल मेडिकलकै लापरवाहीले गर्दा मृतकहरु दुवै जनाको ज्यान गएको परिवारजनले कलेजमाथि आरोप लगाएका छन् ।

भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

मृतक दुवै युवकको नारायणी अस्पतालमा पोस्टमार्टम भई सकेको छ तर मृतकका परिवारले घटनाको सत्थ तथ्य सहि जाचबुझ तथा छानबिन नभए सम्म शव नबुझने बताएका छन् ।

कलेजको होस्टलमा अध्ययनर विद्यार्थीहरु रातीको सयममा बाहिर जान दिनु नेशल मेडिकल कलेज प्रशासनको फितलो प्रशासनकै कारण आफ्ना छोराहरुको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन । मेडिकल कलेजलाई कारवाही गर्न उनीहरुको माग छ ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न