यही आउदो सोमबार माघ ८ गते अर्थात जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नव निर्मित राम मन्दिरमा हुने प्राण प्रतिष्ठा हुदै छ ।
राम मन्दिरमा हुने प्राण प्रतिष्ठाका दिन नेपालका विभिन्न स्थानहरुमा पनि हर्सोल्लासका साथ विविध कार्य गर्दै सर्मथन गरिने भएको छ ।
यसैक्रममा मनाउने का दिन माघ ८ गते २२ तारिखका दिन बारा,पर्साका धेरै पालिकाहरुमा माछामासु बिक्री वितरण नगर्न,पशुपँक्षी तथा जिवजन्तुको बध गर्ने निणर्य गरेका छन ।
बारा र पर्साका एक दर्जन भन्दा बढि आधा जति पालिकाहरुले सुचना जारी गरेर उक्त दिन यस्तो आह्वान गरेका हुन । बाराको कलैया उपमहानगरपालिका,कोल्हवी नगरपालिका,महागढीमाई नगरपालिका,फेटा गाउँपालिका लगायतकाले सूचना जारी नै गरेर माछामासु बिक्री वितरण नगर्न,पशुपँक्षी तथा जिवजन्तुको बध नर्गन अनुरोध गरेका छन ।
यसैविच बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले गत माघ ४ गते नै सूचना जारी गर्दै २२ जनवरी अर्थात माघ ८ गते अयोध्यामा हुनलागेको राम मन्दिरको प्राण प्रतिष्ठानको दिन उपमहानगरपालिका क्षेत्रभित्र दिप प्रज्वलन गरि उत्सव मनाउन जनाएको छ । भने सोही दिन माछामासु, मदिरा लगायतका बस्तु बिक्री बितरण नगर्न÷गराउन हुन आग्रह गर्नु भएको थियो ।
यता पर्सा जिल्लाको पनि आधा दर्जन पालिकाहरुले पनि सूचना जारी गरेर माछामासु, मदिरा लगायतका बस्तु बिक्री बितरण नगर्न÷गराउन हुन आग्रह गरेका छन ।
वीरगञ्ज महानगरपालिकाले एक सुचना जारी गरेर सोमबारका दिन वीरगञ्जको रामजानकी मन्दिरमा पनि भगवान रामको प्राण प्रतिष्ठा हुने भएकोले उक्त दिन पशुपँक्षी जिवजन्तुको बध,मदिरा,माछामासुको बिक्री वितरण लगायतका कार्यहरु नगर्न नगराउन हुन भनेको छ । सो दिन यस्ता कार्यहरु गरेको पाइए नियमानुसार महानगरले कारवाही समेत गर्ने चेतावनी समेत दिएको छ ।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार चौरसियाले सुचना जारी गरि माघ ६ देखि ८ गते पािलकाभित्र माछामासु बिक्री वितरण नगर्न,पशुपँक्षी तथा जिवजन्तुको बध नगर्न आग्रह गरेका छन । यस्तै तीन दिनसम्म दिपावली मनाउन समेत अनुरोध गरिएको छ ।
धोबिनी गाउँपालिकाले पनि उक्त दिन यस्तै गर्न सुचना जारी गरेको छ । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले भने सुचना जारी गरेर माघ ७ र ८ गते दिपावली मनाउन आग्रह गरेका छन ।