धिरेन्द्र पनुहर/
कोल्हबी नगरपालिका वडा नम्बर ११ मा रहेको श्री मणि माबि थस्कौलमा भवन निर्माण तथा बिज्ञान संकायको कक्षा संचालन हेतु श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
महायज्ञको मधेस प्रदेशको स्वास्थ तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले पानसमा बति बालेर उदघाटन गर्नु भएको छ ।
महायज्ञको उदघाटन गर्दै मन्त्री सिंहले हाम्रो प्रदेश सकारात्मक सोच भन्दा नकारात्मक सोच भएको ब्यतिहरु बढी भएकोले यो मधेस प्रदेश पछाडि परेको बताएका छन ।
उनले अबको केही दिनमा नै प्रदेशमा डाक्टर र नर्सको बिज्ञापन हुने बताउनु भयो । मधेस प्रदेशको १ सय ३६ वटा पालिका रहेका स्वास्थ्य संस्थाहरुमा ल्याब संचालन भई सकेको मन्त्री सिंहले जनानकार दिए ।
उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले सो अवसरमा बोल्दै बिज्ञान ल्याबको भवन निर्माणको लागि आफ्नो मन्त्रालयबाट बजेट निकासका गरि आफुले नै उक्त भवनको सिलान्यास गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा उनले आफ्नो ब्यतिगत तर्फबाट ५५ हजार रुपैया सहयोग गर्नु भयो । यसैगरी विद्यालयको लागि बिज्ञान प्रयोगशालामा प्रयोग हुने उपकरणहरुको व्यस्थापनको लागि पनि सम्बन्धित निकायमा पहल गर्ने मन्त्री सिंहले जनाएका छन ।
बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा यज्ञ संयोजक योगेश चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोल्हबी नगरपालिकाको मेयर रामप्रसाद चौधरी,वाड न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,११ का वडा अध्यक्ष नन्दकिशोर चौधरी,स्वास्थ कर्मी पुनित चौधरी,कोल्हबी न पा स्वास्थ शाखा प्रमुख मनोज चौधरी,नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष बिरेन्द्र चौधरी,राधा चौधरी लगायतकाले सम्बोधन गर्नुभएको थियो।
यसैगरी सप्ताह ज्ञान महायज्ञको प्रमुख वाचकको रुपमा बालतपस्वी पण्डित श्री उतम भट्ट महारज रहनु भएको छ । महायज्ञ माघ ५ गतेदेखि शुरु भइ माघ १३ गते सम्म चल्ने छ।
शुक्रवार बिहान बाजा गाजाको साथ कलश यात्रामा हजारौको संख्यामा भक्तजनहरु यज्ञ स्थलबाट अमाव,पथरा, बरेवा,बच्छनपुर्वा हुँदै जमुनी खोलाबाट जल लिइ यज्ञ स्थलमा आउनु भएको थियो।