बाराको महागढीमाई नगरपालिका–७ तेलगाईमा पञ्चवर्षीय श्री कांटवासीमाई मेलाको अवसरमा विशाल कलश यात्रा निकाली विधिवत पूजा सुरु भएको छ ।
श्री कांँटवासीमाई मन्दिरको प्राङ्गणबाट हजारौँको संख्यामा घोडासहित भक्तजन द्वारा निकालिएको कलश यात्राले नगरका तेलगाई,हर्दिया,पशुरामपुर लगायत बिभिन्न गाउँको परिक्रमा गर्दै चरमोहना घाटमा जलभरी काँंटवासीमाई प्राङ्गणमा आएका थिए ।
जनता समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले रिबन काटी मेला तथा कलश यात्राको उद्घाटन गरेका थिए । भौतिक पूर्बधारको साथै आर्थिक बिकासमा ध्यान दिन जरुरी रहेको उनले बताए ।
विश्व प्रसिद्ध गढीमाई क्षेत्र र काँंटवासीमाई क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर यस क्षेत्रका जनताहरुको आर्थिक स्रोतमा वृद्धि गर्न सकिने उनले बताएका छन् ।
विश्व प्रसिद्ध गढीमाईको मेला जस्तै यस मेलामा पनि भक्तजनहरुका लागि रातीमा बस्ने बास खाना,शौचालय,बिजुली बती,खानेपानी र शान्ति सुरक्षाको कडा ब्यवस्थापन गरिएको महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र यादवले बताए ।
विश्व प्रसिद्ध गढीमाई जस्तै यहाँ पनि भक्तजनहरुले बली चढाउने गरेका छन् ।
उक्त शोभा यात्रामा संबिधान सभा सदस्य रामजोध्या यादव,महागढीमाई नगरपालिका उपप्रमुख तारा देबी कानु, नेपाली कांंग्रेसका जिल्ला संचिव भैयाराम यादव,जिल्ला सदस्य वीरेन्द्र यादव,जसपा पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादव,प्रदेश सभा सदस्य बच्चा यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव,पूर्ब राष्ट्रिय सभा सदस्य रामेश यादव,जसपा पार्टी बाराका जिल्ला अध्यक्ष रामबाबु यादव,रिता पटेल,नागेन्द्र यादव र मधु माया यादव लगायतको सहभागिता रहेको थियो ।
यहि पौष ३ गते बलि दिइने छ। गढीमाई मेला पछि कॉटवासीमाईको मेला बाराको दोस्रो ठूलो पञ्चवर्षीय बलि मेला हो । कटवासीमाई मेलाको एक वर्ष पछि विश्व प्रसिद्ध गढीमाईमा पञ्चवर्षीय बलि मेला लाग्ने चलन रहेको छ ।