पेय पदार्थको नाउमा विषाक्त र गुणस्तरहिन पदार्थ बेच्दै, एक पसलमा भेटियो स्लाईसको बोतलमा धागो

सन्तोष पाण्डे
सन्तोष पाण्डे 574 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

अहिले हिन्दुहरुको महान पर्व बडा दशै शूरु भईसकेको छ । चाडपर्वहरुमा चिसो पेय पदार्थहरुको माग ह्वात्तै बढेको छ । विभिन्न चाडपर्वहमा मानिसहरुको विभिन्न परिकारका खानपान पनि बढ्ने हुदा पेय पदार्थको माग पनि बढेको हो ।

उपभोक्ताहरुको मुख्य रोजाईमा पर्ने पेय पदार्थहरु भने मानव स्वास्थ्यका लागि फाईदा भन्दा पनि धेरै हानीकारक हुने गरेको छ । विभिन्न कम्पनीहरुले उत्पादन गर्ने पेय पदार्थहरुको गुणस्तरीयतामा भने ध्यान दिईएको छैन ।

पेय पदार्थ उत्पादक तथा वितरकले ध्यान नदिँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको देखिएको छ । विभिन्न स्वादेशी र विदेशी बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा बिक्रीवितरण गर्ने पेप्सी,कोकाकोला,डियु,फ्याण्टा,स्लाईस तथा रियल जुसहरुमा बेला बेला अखाद्य बस्तुहरु फेला पर्ने गरेको छ ।

सवै कम्पन्नीहरुले उत्पादन गर्ने अधिकांश पेय पदार्थमा यस्ता समस्या देखिने गरेको छ । खासगरी उत्पादनकर्ताहरुले एनि हाउ पैसा कमाउ भन्ने मनासएले बडा बडा होडिङ्ग बोर्डहरु राख्ने,टेलिभिजन तथा सामाजिक सञ्जालमा अनाहाकका मानिसलाई झुक्याउने खालका प्रचारहरु गर्ने गरेका छन।

बेला बेलामा पेय पदार्थरुमा मिसावट,फोहोर,किरा,लेदो आदी अखाद्यय पदार्थ भेटिने गरेको भएपनि स्थानीय प्रशासनहरुले खासै कारवाही गरेको पाईदैन । स्थानीय प्रशासनमा उजुरी गरेपनि सामान्य कारवाही गरेर छाड्ने चलन छ ।

बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा स्थानीय एक किराना पसलमा शनिवार विक्रीमा राखिएको स्लाईसको बोतल भित्र टोटा धागो भेटिएको छ । एक जना ग्राहकलाई दिनका लागि निकालिएको स्लाईसको बोतलमा धागो भेटीएको किराना पसलका संचालन हरी सापकोटाले बताएका छन ।

पसल संचालक आफैले बोतलमा धागो देखेपछि उक्त बोतललाई अलगै राखेर संचारकर्मीहरुलाई खबर गरेका थिए । उत्पादन कम्पनीको बद्मासीले हामी जस्ता साना विक्रेताहरुलाई बद्नाम गर्ने काम भएको पसल संचालक सापकोटाले गुनासो गरे ।

अनुगमन तथा नियमनकारी निकायहरुको कमीकमजोरीकै कारण उत्पादक कम्पनीहरुले गुणस्तरहिन वस्तुहरु बजारमा पठाउने गरेको वडा नम्बर १७ का निवर्तमान वडाअध्यक्ष नवराज बहादुर खड्का बताउछन । जिल्ला स्तरका शहरी क्षेत्रमा अनुगमन गरेजस्तो मात्र हुने तर ग्रामिण भेगमा अनुगमन नै नहुने खड्काको भनाई छ ।

मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै यसरी बजारमा बिक्री भइरहेका यस्ता उत्पादन कम्पनीहरुले को खुलेआम विक्री वितरण गर्दा मानव स्वास्थ्यमा निकै असर पर्ने गरेको स्थानीय कल्याण सुवेदीले बताए ।

यस्ता अखाद्यवस्तुको बिक्री भएको भन्दै नियामक निकायमा उजुरी परेपनि सामान्य रुपमा ५ देखी १० सम्म मात्र जरिवाना तिरेर फेरी निर्बाध रुपमा व्यापार गर्न पाउने कानुनी व्यवस्थाका कारण यस्तो लापरवाहीले निरन्तरता पाएको सुवेदीले जनाए ।

यता स्थानीय प्रशासनले चाडपर्वसंगै हुन सक्ने कालावजारी, मिसावट जस्ता चिजलाई रोक्न अनुगमनलाई तीब्र बनाएको जनाएको छ । जिल्लाका मुख्य बजारहरुमा अनुगमन भएपनि जिल्लाभर सवै पालिकाका वडाहरुका बजारसम्म पुग्न नसकेको एक अधिकारीले बताएका छन ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न