अन्डर १९ साफ च्याम्पियनसिपका सर्वाधिक गोलकर्ता समिरलाई सम्मान

साझेदारी दैनिक
साझेदारी दैनिक 464 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/

१९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता समीर तामाङलाई निजगढ ८ नम्बर वडा कार्यालयले सम्मान गरेकोछ ।

वडा कार्यालयले सोमबार सम्मान कार्यक्रमको आयोजना गर्दै समिरलाई नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेको हो ।

वडाको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलिमा समावेश भई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउनु आफ्नो वडाको गौरवको विषय भएको वडा अध्यक्ष स्वर्ण लामाले बताउनुभयो ।

उदयमान खेलाडीहरुलाई सम्मान गर्दै खेलाडीहरुलाई प्रोत्साहन गर्नु कर्तव्य रहेको वडा अध्यक्ष लामाले जनाउनुभयो । वडा कार्यालयले खेल र खेलाडीहरुको संरक्षण र प्रवर्द्धनकोलागी विभिन्न योजनाहरु बनाएको बताउनुहुदै आगामी दिनमा वडामा खेलकुद गतिविधि प्रभावकारी ढङ्गले संचालन गरिने लामाको भनाइ रहेको छ ।

असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा संचालित प्रतियोगितामा समिरले ३ खेलमा ३ गोल गर्न सफल भएकाथिए ।

उक्त सम्मान कार्यक्रममा निजगढ नगरपालिकाकि कार्यपालिका सदस्यद्वय मनमाया तामाङ,पबित्रा सुनार,वडा सदस्य शालिकराम ढुंगाना,समाजसेवी विष्णु कुमार खड्का,मधेस प्रदेश फुटबल संघका सदस्य तथा बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष राजकिशोर धामी लगायतको सहभागिता रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न