सूचनाको हकका लागि राष्ट्रिय महासंघको प्रथम राष्ट्रिय सम्मेलन शुरु

सन्तोष पाण्डे
सन्तोष पाण्डे 1.5k पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

साझेदारी संवाददाता/

सूचनाको हक र अधिकारका क्षेत्रमा कार्यरत अभियान्ताहरुको सञ्जालको रुपमा रहेको सूचनाको हकका लागि राष्ट्रिय महासंघको प्रथम राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु भएको छ ।

काठमाण्डौ स्थित स्काई दरवार ब्याङ्कक्वेटमा विहीवार अर्थात असोज ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

दुईदिने राष्ट्रिय सम्मेलनको संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सम्मेलनमा ७७ जिल्लाबाट प्रतिनिधिहरु र सात वटै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी करिब चार सय जनाको सहभागिता रहनेको छ

सम्मेलनले देशभरका सूचनाको हकको क्षेत्रमा क्रियाशिल अभियानकर्मीहरुलाई हौसला प्रदान हुने र सूचनाको हक सम्बन्धी कानूनलाई प्रभावकारी कार्यान्वयमा योगदान पु¥याउ टेवा पुग्ने महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचनले बताएका छन ।

सम्मेलनको दोस्रो दिन रणनीतिक योजना बनाउने र महासंघको नयाँ कार्यसमिति गठन गर्दै केन्द्रीय समितिलाई पूर्णता दिने महासंघका महासचिव अजयकुमार साहले जानकारी दिए ।

सम्मेलनको पुर्वसन्ध्यामा बुधवार पत्रकार सम्मेलन गरि कार्यक्रमवारे जानकारी गराईएको महासचिव साहले बताए ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न