बिल भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा

सन्तोष पाण्डे
सन्तोष पाण्डे 363 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

साझेदारी संवाददाता/

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान लोड रहेको एउटा ट्रकलाई बुधवार नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका १४ गण्डक सडकखण्डबाट बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।

ना.३ ख ३९४९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकमा लोड रहेको कस्मेटिक तथा खुद्रा सामानहरू बिल भन्दा बढी देखिएको थियो ।

ट्रक र सामानहरुको मुल्याँकन ५८ लाख १६ हजार ६२८ रुपैया गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिएका छन ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न