साझेदारी संवाददाता/
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा बनाईएको ढलान बाटो ठेकेदारको लापारबाहीले गाडी नचल्दै चर्किएको छ ।
करिब दुई महिना अगाडि १० लाख रुपैयाको लागतमा ठकुरी टोलमा बनाईको ढलान बाटो गाडी नचल्दै चर्किएपछि स्थानीयहरु आक्रोसित भएका छन् ।
बाटो बनाउँने ठेकेदार रामशरण पाण्डेले अनुभवको कमिले माटो अलि बढि थुपारेर बनाएका कारण यस्तो अवस्था आएको बताए ।
उपमहानगरपालिकाले नगर स्तरीय बजेटबाट ५५ मिटर लम्बाई र १३ फिट चौडाई भएको बाटो निर्माण गर्न ठेकेदार पाण्डेलाई जिम्मा दिएको थियो ।
ठेक्दारले स्थानीयको बिरोधपछि चर्किएको ढलान बाटोलाई घोला लगाएर लिपपोत गरी ढाकछोप गर्नमा लागिपरेको छ ।
यता वडा अध्यक्ष हिरा बहादुर गुरुङ्गले सो बाटो बनाउँदा नगरले आफुहरुसँग कुनै सहकार्य नगरेको बताएका छन ।