अवैध बालुवा उत्खनन् गर्ने १० ट्याक्टर नियन्त्रणमा

सन्तोष पाण्डे
सन्तोष पाण्डे 411 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

साझेदारी संवाददाता/

खोला नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने १० वटा ट्याक्टरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनी क्षेत्रबाट र जीतपुरसिमरा कै वडा नम्बर ४ दुधौरा खोला नकिकबाट बालुवा सहित प्रहरीले ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले बजनी स्थित खटिएको प्रहरी टोलीले आईतवार दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जीतपुरतर्फ जादै गरेको ना.२.त.५९९७,ना.२.त.९७१३,ना.२.त.९९४४, ना.२.त.९८७९,ना.३.त.४४१२,ना.४.त.७१५८, ना.४.त.४३७१,ना.५.त.४५४० नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो ।

यस्तै आईतवार नै दुधौरा खोलामा ना.७.प.४५३६,प्र.०३–००१.त.३९२१ नम्बर गरी जम्मा १० वटा ट्याक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको बालुवा सहित ट्याक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न