बाराको निजगढ नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रति लिटर एक रुपैयाँ अनुदान वितरण गरेको छ ।
सहकारी मार्फत दुग्ध कारोबार गर्दै आएका किसानलाइ नगरपालिकाले प्रति लिएर रू १ अनुदान दिन सुरु गरेको हो । बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई निजगढ ५ स्थित सामुदायिक भवनमा शनिवार आयोजिक एक कार्यक्रमका बीच मेयर सुरथ पुरीले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका छन् ।
मेयर पुरीले १० महिनाको १९ लाख ४४ हजार ३ सय ८७ हजार वितरण गरिएको जानकारी गराएका छन् । उनले किसानको पौरखबाट प्रणीजगत पालिएको भन्दै कृषि पेशालाइ सम्मानजनक बनाउन नगरपालिकाले प्रोत्साहन गर्न सुरुवात गरिएको बताए ।
उपमेयर सोममाया थिङले नगरपालिका किसानको साथमा रहेको अनुभुती रहेको छ । किसानलाइ सहकारीको पहुँचमा पु¥याउने र प्रोत्साहन गर्ने नगरपालिकाले नीति बनाएको बताईन् । सहकारीमा आवद्ध हुदा किसानको हित हुने बताए ।
उपमेयर थिङले फलफुल तथा तरकारी क्षेत्रलाई पकेट बनाएर जोड दिने प्रोत्साहन गर्ने बताईन् । प्रत्येक वडामा संकलन केन्द्र बनाउने नीति कार्यक्रममा समेटिएको छ । उनले रसायनिक मलको विकल्पमा दुग्ध किसानले काम गर्नु पर्ने बताए ।
त्यस्तै निजगढ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा– मेयर सुरथ पुरीको प्रस्तावमा किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले पहिलो वर्ष एक लिटरमा एक रुपैयाँ अनुदान दिन सुरु गरिएको छ ।
नगरपालिकाले निःशुल्क नश्ल सुधार, ५० प्रतिशत अनुदानमा पशु विमा, घाँस अनुदान दिने व्यवस्था गरिरहेको बताए । कार्यपालिका सदस्य सर्मिला विश्वकर्माले गहन छलफल गरेर अनुदान सुरु गरिएको बताईन । नगरपालिकाले दूध, केरा खेती, सिचाइलाई महत्वमा राखिएको उनले जानकारी गराईन् ।जिल्ला सहकारी संघ बाराका सदस्य पुरुषोत्तम भट्टराईले नगरपालिकाले उपलब्ध गराएर किसानलाई उत्साह थपेको बताए ।
सहकारीका पुर्व अध्यक्ष नारायण प्रसाद गौतमले अनुदानका रुपमा प्रोत्साहन रकम सबै दूध किसानले पाउने वातावरण बनाउनु पर्ने बताए । सहकारीमा आवद्ध भएर किसानले धेरै सेवा सुविधा लिन सकिने भएकाले सबैलाइ सहकारीमा समेट्नु पर्ने बताए ।