सन्दिप यादव/
पर्साको वीरगन्ज महानगरपालिका वार्ड नम्बर १४ चिनी मिल कारखानाको अगाडि अवस्थित रहेको वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीले मनायो २३औं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ । क्याम्पसको प्राङ्गणमा मंगलबार एक कार्यक्रमका बीच बार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको हो ।
सन् २००० मा स्थापना भएको वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीले सिभिल,इलेक्ट्रिकल,कम्प्युटर,मेकानिकल र इलेक्ट्रोनिक्समा सिटिइभिटीमा आबद्ध डिप्लोमा सन्कायका कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । नेपाल इन्जिनियरिङ काउन्सिल र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट स्वीकृत प्राप्त क्याम्पस रहेको छ । बीआईटीले इन्जिनियरिङमा स्नातक (बीई) कार्यक्रम सञ्चालन गर्न सम्बन्ध प्राप्त गर्ने प्रक्रियामा रहेको छ ।
वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रधानाध्यापक इन्जिनियर निरज श्रीवास्तवको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथि संस्थापक सदस्य नन्दु श्रीवास्तवले उद्घाटन गर्नु भएका थिए ।
क्याम्पसमा हाल करिब ६ सय बिद्यार्थी अध्ययनरत रहेका क्याम्पसका प्रधानाध्यापक श्रीवास्तवले बताएका छन् ।
वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीले मधेस प्रदेशको एक ख्याती प्राप्त क्याम्पस भएको र थप ब्यवहारिक शिक्षामा आफुहरु लागेको श्रीवास्तवले बताएका छन् । उनले आफ्नै क्याम्पस भित्र खेलकुद मैदान,पुस्तकालय,प्रयोगशाला समेत रहेको बताए ।
यहाँ अध्ययन गरेका बिद्यार्थीहरु देशका विभिन्न स्थानमा नेपाल विधुत प्राधिकरणका ईन्जिनियर छेत्रमा समेत पुगेको भुपु सिभिल संकाय प्रमुख तथा बरिस्ठ इन्जिनियर राजेश यादवले बताएका छन् । कलेजमा डिप्लोमा ईन सिभिल,
कम्प्युटर,इलेक्ट्रिकल,इलेक्ट्रोनिक्स,मेकानिकल ईन्जिनियरिङ् सन्काय समेत सन्चालमा रहेको यादवले जनाएका छन् ।
कार्यक्रममा विभिन्न संकायका परिक्षामा उत्कृष्ट गर्ने विद्यार्थीहरुलाइ सम्मान सहित प्रमाणपत्र हस्तान्तरण प्रधानाध्यापक श्रीवास्तवले गर्नु भएका थिए ।
कार्यक्रमको विशिस्ट अतिथि उपप्राचार्य इन्जिनियर सरिता जैसवाल,सिभिल संकायका विभागीय प्रमुख ईन्जिनियर सुधीर केशरी,सिमरन पटेल,जयप्रकाश बिराजी,राजेश यादव,निरज चौधरी,संजय साह ,पवन बस्नेत,राजेश साह ,अवध किशोर सिंह एवम सबै सन्कायका बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन क्याम्पसका प्रोफेसर अकाश गुप्ताले गरेका थिए ।