सन्दिप यादव/
बारा जिल्लाको क्रान्तिकारी जुझारु एवम् चर्चित युवा नेता शिवनाथ पटेललाई जनमत पार्टीले बाराको जिल्ला ईन्चार्जमा मनोनीत गरेका छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्र कान्त (सिके) राउतले मधेस आन्दोलन लगायत विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा अग्रणी भुमिका खेलेका पटेललाई जिल्ला ईन्चार्ज मनोनीत गरेका छ ।
पटेलको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहितको कार्यकालको सफलताको शुभकामना समेत पार्टीका राष्ट्रिय अध्यक्ष डा.राउतले दिएका छन् ।
अनेरास्ववियु विधार्थी अखिलबाट राजनीति सुरु गरेका पटेलले फोरम पार्टीबाट नेपालमा ०६२÷०६३ को दोस्रो जनआन्दोलन सुरु हुँदा जनआन्दोलनमा सहभागी भइ सक्रिय रुपमा राजनीतिमा लागेका थिए ।
फोरम पार्टीका तर्फबाट जिल्लामा हुने आन्दोलनमा सहभागी हुने जिम्मेवारी पाएका थिए । जसपा पार्टी नेपाल, बाराबाट बारा जिल्लाको कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष पदका जिम्मेवारी समेत पाएका थिए ।
विगत दिन देखी निरन्तर जनता समाजवादी पार्टी नेपालमा भएर समाजमा जनतालाई विभिन्न माध्यमबाट सेवा गर्दै आएका हुन्। पटेलले आफ्नो क्षेत्रको वकालत गर्ने, न्याय प्रेमी, बिकास प्रेमी,नैतिकवान व्यक्तिको रूपमा चिरपरिचित रहेका छन्।
जसपा पार्टी नेपालबाट राजिनामा दिएर बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (क) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार भइ लैरो चुनाव चिन्हबाट पराजित भएका थिए ।
उपनिर्वाचन अगाडी चैत्र २८ गते कलैयामा विशाल आम सभा कार्यक्रमा जनमत पार्टीमा प्रवेश गर्दै उपनिर्वाचनमा अहम भुमिका पटेलले खेलेका थिए ।