रञ्जन यादव/
शासन ब्यक्तिले होईन बिधिले गर्नुपर्छ भन्ने कुराको चरितार्थ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले करिब एक बर्षको अन्तरालमा २५ वटा कानुनहरु निर्माण गरेको छ ।
उपमहानगरपालिकाले आँठ वटा ऐनहरु ,१४ वटा कार्यबिधिहरु र ४ वटा निर्देशिकाहरु निर्माण गरेको जनाएको छ । यस भन्दा अगाडि निर्वाचित जनप्रतिनिधिहरुले आफनो पाँच बर्षको कार्यकालमा जम्मा २१ वटा कानुन निर्माण गरेका थिए । जसमा १० वटा ऐन ,८ वटा कार्यबिधि र तीनवटा नियमावली रहेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको कार्यकालमा बनाईएका कर्मचारीहरुको संगठनात्मक संरचना ,सिमरा स्वास्थ्य चौँकीलाई जीतपुरसिमरा नगर अस्पतालमा परिणत ,वडा स्तरीय योजनाहरुको सम्झौता देखि कार्यादेश सम्मका अधिकार वडामै प्रत्यायोजन र ब्यवसाय दर्ता तथा नबिकरण गर्ने कार्य वडामा प्रत्यायोजन,अधारभुत तह (कक्षा ८ )परिक्षा सञ्चालन तथा ब्यवस्थापन लगायतको मुख्य कार्यहरुले नगरबासीमा खुसियाली छाएको छ ।
जीतपुरसिमराले यो बर्ष आमसञ्चार ऐन ,खानेपानी तथा स्वच्छता सम्बन्धि ऐन ,खेलकुद बिकास ऐन ,नगर प्रहरी ऐन ,भाष कला सँस्कृति सम्बन्धि ऐन ,सिँचाई ऐन ,बन ऐन ,स्थानीय बजार ब्वस्थापन तथा अनुगमन ऐन ,गैह सरकारी संस्था सञ्चालन तथा ब्यवस्थापन निर्देशिका ,घरबहाल ब्यवस्था निर्देशिका ,स्वास्थ्य संस्था दर्ता अनुमती तथा नबिकरण सम्बन्धि निर्देशिका ,अटो ,ईलेक्ट्रीक रिक्सा तथा टेम्पो रुट ईजाजत ,कार्यबिधि ,अनुदान तथा आर्थिक सहायता कार्यबिधि ,अधारभुत तह परिक्षा सञ्चालन तथा ब्यवस्थापन कार्यबिधि ,छात्रबृत्ति कार्यक्रम सञ्चालन कार्यबिधि ,टोलबिकास समिति गठन तथा परिचालन कार्यबिधि ,नदीजन्य पदार्थ उत्खनन् ,संकलन र बिक्रि बितरण सम्बन्धि कार्यबिधि ,नगर युवा परिषद कार्यबिधि ,फोहर मैला ब्यवस्थापन कार्यबिधि ,लैङ्गिक हिँसा ब्यवस्थापन कार्यबिधि ,सचिवालय गठन तथा सञ्चालन नियमावली , प्रधानध्यापक छनोट तथा ब्यवस्थापन कार्यबिधि ,संस्थागत बिद्यालय बर्गिकरण तथा शुल्क निर्धारण कार्यबिधि र सामुदायिक बिद्यालय समायोजन कार्यबिधि निर्माण भएको जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख पौडेलले बताएका छन ।