वीरगञ्जमा खुल्यो भाटभटेनी सुपर मार्केट

साझेदारी दैनिक
साझेदारी दैनिक 522 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्साको वीरगञ्जमा भाटभटेनी सुपर मार्केटको २४ औ शाखा खुलेको छ ।

बिहीबारदेखि भाटभटेनी सुपर मार्केट को शाखाको रुपमा वीरगञ्ज महानगरपालिका–१४ गण्डक स्थित भाटभटेनी मार्केट सञ्चालनमा आएको हो ।

मधेस प्रदेशमै पहिलो शाखाको रुपमा वीरगञ्जमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको हो । वीरगञ्जमा सञ्चालनमा आएको सुपर मार्केटले मधेस प्रदेशका पर्सा,बारा रौतहटसँगै भारतीय सिमावर्ती शहर रक्सौलका ग्राहकलाई समेत मध्यनजर गरि खोलिएको हो ।

अन्तर्राष्ट्रिय स्तरको सपिङ वीरगञ्जमा पनि उपलब्ध गराउनको लागि भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए । भाटभटेनीमा ग्राहकको सुबिधालाई ध्यानमा राखेर सेवा सुबिधा सहितको मार्केट स्थापना गरिएकोले मधेसमा पनि राम्रे ब्यापार गर्ने गुरुङको भनाई छ । उनले मधेस प्रदेशकै जनकपुरमा पनि अगामी २०८० साल असार ६ गते भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याइएने उनले जानकारी दिए ।

बिहीबार उदघाटन भएर सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटमा पहिले दिन नै ग्राहकहरुको भिड देखिन्थ्यो ।सुबिधा सम्पन्न सुपर मार्केट पहिलो पटक वीरगञ्जमा खु्लेपछि पर्सा बारा सँगै अन्य जिल्लाहरुबाट समेत ग्राहकहरु मार्केटमा आएका थिए । उनीहरुले मार्केट एक दमै राम्रो लागेको र सामान पनि सस्तो भएको वीरगञ्ज तेजारथ टोलकी काजल मिश्राले बताइृन्।

वीरगञ्जमा सञ्चालनमा आएको भाटभटेनी देशकै सबै भन्दा ठुलो शाखाको रुपमा रहेको सञ्चालकले जानकारी दिएका छन । २ बिघा १० कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ । सुपर मार्केट भवन ७ तल्लाको छ ।

वीरगन्जमा सञ्चालनमा आएको सुपर मार्केट स्टोरको भौतिक संरचना र सामान सहितको लागत २ अर्ब ५० करोड रुपैया रहेको छ । मार्केटको ग्राउन्ड फलोरमा ग्रोसरी, भेजिटेबल्स, फ्रुटस, फ्रोजेन,लिक्यिोर आईटमहरु राखिएका छन । पहिलो तल्लामा किचेनवेयर,टोयस एण्ड कस्मेटिक,वाचेज,दोस्रो तल्लामा रेडिमेड गथारमेन्टस,फुटवेयर,सारी,कुर्ता,ब्रान्डेट गारमेन्टस सुज,तेस्रो तल्लामा ईलेक्ट्रोनिक्स,कारपेटस लगायतका सामानहरु राखिएका छन । चौथो तल्लामा भने स्केट पार्कको ब्यावस्था सुपर मार्केटमा गरिएको छ । बिहीबार उदघाटनको दिन नै मार्केटमा ग्राहकहरुको भिड लागेको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न