साधना विना संस्कार परिवर्तन असम्भव–ब्रम्हा कुमार भगवान भाई जि

साझेदारी दैनिक
साझेदारी दैनिक 463 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

एल खरेल/

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सिमराले साधनाद्धारा संस्कार परिवर्तनका लागि गहन योग कार्यक्रम शुक्रबार बाराको सिमरामा सम्पन्न गरेको छ ।

संस्कार परिवर्तनका लागि साधना आवश्यक पर्ने विषयलाई मध्ये नजर गर्दै केन्द्रले योग कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपालको ७० जिल्ला सहित भारत भर योग सिकाएर जिवनशैलिमा परिवर्तन गराउन सफल भएका केन्द्रको मुख्यालय माउन्ट टावुका ब्रम्हा कुमार भगवान भाइ जी ले साधना र संस्कारवीचको सम्बन्ध बारे प्रकाश पारेका थिए । उनले संस्कार विनाको जीवन कुरुप र व्यर्थ हुने बताउँदै सुन्दर जीवनका लागि संस्कार अँगाल्नु पर्ने बताए ।

संस्कारका लागि साधना अपरिहार्य रहेको तर्क प्रस्तुत गर्दै भगवान भाइ जि ले पाँच वटा विषयलाई विषेश ध्यान दिन उत्प्रेरित गराए । उनका अनुसार सु संस्कारका लागि सकारात्मक सोच राख्ने, जे भयो त्यो राम्रै भयो भन्ने वानीको विकास गर्ने, मनको आँखा सफा बनाउने, रिसलाई भुल्ने र नियमित मेडिटेसन योग गर्न सके तनावबाट मुक्ती मिल्ने र जीवन पथ संस्कारमय हुन्छ । आफ्ना अभावमय संघर्षका अनुभव सहित विभिन्न उदाहरण दिएर साधना र संस्कार बारे बुझाउँदै उनले सहभागिहरुलाई योग अभ्यास गराएका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै संविधान सभा सदस्य डा.शोभाकर पराजुलीले साधनाकै अभ्यासले आफ्नो जीवनमा सोचेभन्दा राम्रो परिवर्तन आएको बताए । उनले ब्रम्हा कुमारी राजयोगको केन्दी्रय कार्यालय माउन्ट टाबु जाने अवसर जुटेसँगै महसुस हुने गरि सहनशिलता र धैर्यताको मात्रा बढेको दावि गरे । उनले योगले मन शान्त र जीवन आनन्द बनाउने भन्दै सबैले योगलाई साथि बनाउनुपर्नेमा जोड दिए ।

सेवा केन्द्र सिमराकी प्रमुख मधु दिदिको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रमुख रविना दिदि, समाजसेवी मदन बहादुर क्षेत्री, सञ्चारकर्मी लक्ष्मी खरेल लगाएत ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन परमेश्वर भाइ जि ले गरेका थिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न