वडा सदस्य पटेलले महिलालाई गरे कुटपिट

साझेदारी दैनिक
साझेदारी दैनिक 18 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रौतहट,ओम प्रकाश यादव/ पानीको विषयलाई लिएर एक जना वडा सदस्यले एक महिलालाई कुटपिट गरेका छन्।

रौतहटको गढीमाइ नगरपालिका वडा नम्बर –४ पर्साका एक जना वडा सदस्यले एक महिलालाई कुटपिट र दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ।

वडा सदस्य चन्द्रीका पटेलले स्थानीय रामबाबू ठाकुरको श्रीमती हेमन्त देवीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्।

पटेलको कुटपिटबाट खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइते हेमन्त देवीको गरुडास्थित रहेको बेटर नेपाल मल्टिस्पेसलियाटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

गएको शुक्रबार सो घटना भएको हो। वर्षाको पानीको विषयलाई लिएर वडा सदस्य पटेलले कुटपिट गर्दा हेमन्त देवी घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक राजन कार्कीले साझेदारी दैनिकलाई जानकारी दिए।

महिलालाई कुटपिट गरी घाइते बनाउने पटेललाई पक्राउ गरि केही घण्टा थुनामा राखेर तारीखमा तत्कालका लागि छाडिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। घाइते महिलाको उपचार पश्चात् दोषी वडा सदस्य पटेल माथी अभद्र व्यवहारको मुद्दा चलाउने कार्कीले बताए।

पीडित महिलाको श्रीमान रामबाबु ठाकुरले प्रहरीले तारीखमा छोड्ने बितिकै पटेलले आफुहरुलाइ झन गाली गलौज गरेका जनाए। उनले कुटपिट गर्ने धाक धम्की दिने गरेको बताए। पदको दम्भ देखाउदै आफू एक्लो र गरिव भएकै कारण पटेलले आफुलाइ धम्की दिने गरेको ठाकुरले सञ्चारकर्मिसंग बताएका छन्।

दोषी पटेलमाथी मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गर्दै आएको समेत ठाकुरले आरोप लगाएका छन्।

बिना कारण आफ्नो श्रीमतीलाई कुटपिट र दुर्ववहार गर्ने वडा सदस्य पटेललाई कडा कार्यवाही गर्न उनले प्रहरीसंग माग गरेका छन्।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न