स्थानीय तह उपनिर्वाचनको लागि पर्यवेक्षण गर्न आयोगद्वारा विभिन्न संस्थालाई अनुमति

साझेदारी दैनिक
साझेदारी दैनिक 59 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाण्डौ : स्थानीय तह उपनिर्वाचन २०८१ मा पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न संस्थालाई अनुमति दिएको छ।

मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ को अनुसूची–६३ बमोजिम यस्तो अनुमति दिएको आयोगले एक प्रेस विज्ञप्ति मार्फत मंगलबार जनाएको छ।

नै वटा संस्थाहरूलाई स्थानीय तह उपनिर्वाचन निर्देशिका,२०८१ को दफा १९७ बमोजिम स्थानीय तह उपनिर्वाचन, २०८१ को पर्यवेक्षण गर्न अनुमति दिनेभनी आयोगबाट मिति २०८१/०८/०४ गते निर्णय भएको छ।

जसमा अनुमति प्राप्त संस्थाहरूबाट खटाइने स्थानीय तह उपनिर्वाचन निर्देशिका,२०८१ को दफा १९६ बमोजिम योग्यता पुगेका पर्यवेक्षकहरूको संख्या यकिन गरी सबै स्थानीय तहको पर्यवेक्षण हुने र एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा २ जनासम्म पर्यवेक्षक रहने गरी राष्ट्रिय पर्यवेक्षक परिचयपत्र उपलब्ध गराइने भएको छ।

काठमाण्डौं उपत्यकामा भएका पर्यवेक्षकहरूलाई आयोगको सचिवालयले र जिल्लामा भएका पर्यवेक्षकहरूलाई सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयहरूले पर्यवेक्षण सम्बन्धी प्रशिक्षण दिने निर्णय आयोगले गरेको छ।

पर्यवेक्षण गर्न अनुमति प्राप्त संस्थाहरुमा नेपाल जन प्रशासन संघ,रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान,नेपाल मानव अधिकार संगठन,सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल,केन्द्रीय बहिरा क्याम्पस,सुशासन महासंघ नेपाल,राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति,डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल,अनौपचारिक क्षेत्र सेवा केन्द्रलाई आयोगले पर्यवेक्षणको अनुमति दिएको छ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न