कलैया सिटी जेसिजको जेसिज सप्ताह अन्तर्गत बिरामीलाई फलफूल वितरण

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 92 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया : कलैया सिटी जेसिजको जेसिज सप्ताह अन्तर्गत प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई मंगलबार फलफूल वितरण गरिएको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको प्रादेशिक अस्पताल कलैयामा कलैया सिटी जेसिजको जेसिज सप्ताह अन्तर्गत दोस्रो दिन प्रादेशिक बिरामीलाई फलफूल वितरण गरिएको छ ।

कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईको प्रमुख आतिथ्यतामा सो फलफूल वितरण कार्यक्रम भएको हो।

प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका ६५ जना विरामीहरूलाई फलफूल वितरण गरिएको कार्यक्रम संयोजक ओम प्रकाश कुमार सरार्फले जानकारी गराएका छन्।

फलफूल वितरण कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहा,२०१८ का कलैया सिटी जेसीजका अध्यक्ष धनिलाल सरार्फ, २०१९ का राजेश कुशवाहा,२०२४ का कार्य कारणी उपाध्यक्ष गणेश शर्मा,सिए प्रदिप कुशवाहा,जेसिजका पदाधिकारीहरु,मनकामना स्कुलका प्रधानाध्यापक रामबाबु कुशवाहा लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै कलैया सिटी जेसिजको जेसिज सप्ताह अन्तर्गत दोस्रोदिन नै मंगलबार जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २ मा रहेको अमर माध्यमिक बिद्यालय दोहरीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कलैया सिटि जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी पवन कुमार कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति कलैया उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेश महतो रहनु भएको थियो ।

शिविर पर्साको बिरगंज महानगरपालिकामा रहेको दृष्टि आखा अस्पताल रहेको प्राविधिक सहयोगमा संचालन गरिएको हो । सो अवसरमा आँखा शिविरमा कक्षा ५ देखि १० का एक सय ८० जना विद्यार्थीहरु नि.शुल्क आँखा शिविरबाट लाभान्वित भएको कार्यक्रम संयोजक कलैया सिटि जेसिज २०२४ का महासचिव जेसी बिजय गिरीले जानकारी दिए।

शिविरमा डाक्टर अरबिन्द गुप्ता,डा.पुजा यादव,डा.राजु प्रसाद साह,डा. निर्मला साह,राम कुमार चौधरी तथा जेसिजका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न