डुमरवाना : साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्रको सभाहलमा विहीबार कृषि सहकारी संघ लिमिटेड बाराको बार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाको जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष उपेन्द्र जैसवालले उद्घाटन गरेका थिए ।
साधारणसभा उद्घाटन कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सत्यन्द्र ठाकुर,कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण साह,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कलैयाका गुड्डु चौरसिया,नेपाल सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा,साना किसान कृषि सहकारी संस्था डुमरवानका संचालक रुद्र न्यौपानै,उद्योग वाणिज्य संघ बाराका प्रतिनीधि लगायतले शुभकामना मन्तव्य राकेका थिए ।
बार्षिक साधारणसभाको अवसरमा सहकारी संचालन र ब्यवस्थापनका उत्कृष्ठ भुमिका खेलेको भन्दै दुईजनालाई सम्मान गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिराकी अध्यक्ष संजिला खातुन र कोल्हवी नगरपालिका वडा नं.४ स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहीका प्रबन्धक अरुण चौधरी सम्मानित भएका छन ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता सम्पन्न साधारणसभामा संघका सचिव रामएकवाल चौधरीको स्वागत मन्तव्य गराखेका थिए भने संघकी उपाध्यक्ष नयनकला खड्काले संचालन गरेका हुन ।
संघको बार्षिक साधारणसभामा ८० वटा सहकारी संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । संघामा एक सय ३१ वटा प्रारम्भिक सहकारी संस्थाहरु सदस्य रहेको जिल्ला कृषिसंघका प्रबन्धक नविन चौधरीले जानकारी दिएका छन ।